काठमाडौं, वैशाख -१०, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतीय विद्युत, आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल भट्टरबीच भेटवार्ता भएको छ।
मन्त्री भट्टरले बुधबार उपप्रधानमन्त्री सिंहलाई शहरी विकास मन्त्रालय पुगेर शिष्टाचार भेट गरेका हुन  । भेटमा दुई देशको हित, पारस्परिक सम्बन्ध र शहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको छ ।


‘भारतले शहरी विकासको क्षेत्रमा पछिल्लो समय गरेको प्रगति, फोहोर मैला व्यवस्थापन र शहरी यातायातमा हासिल गरेको उपलब्धीको अनुभव आदानप्रदान गर्ने र आगामी दिनमा यीनै विषयमा सहकार्यका बारेमा सकारात्मक छलफल भएको छ,’ भेटपछि शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले भने। उनले नेपाल र भारत सरकारबिच शहरीकरणका अनुभव आदाप्रदान र सहायता परिचालनका लागि एमओयू तयार भइरहेको र त्यसमा छिटै सहमति भएपछि शहरी विकासको क्षेत्रमादुई देशबिच औपचारिक सहकार्य अघि बढ्ने पनि जानकारी दि


यस अघि  उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र  संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाहयानबिच आज शिष्टाचार भेटवार्ता भएकाे थियो ।


भेटमा नेपालकातर्फबाट श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी पनि सहभागी थिए। भेटमा दुई देशको हित, पारस्परिक सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको थियो ।


तस्बिर  साैजन्य: जगन्नाथ दुलाल, प्रेस संयाेजक, उपप्रधानमन्त्री सिंह।