![]()
सर्लाही, बैशाख- १०,बागमती सेवा समाज नेपाल हरिवन, सर्लाही र हरिपुर्वा नगरपाकिला वडा नम्बर–१ को सहयोग तथा साझेदारीमा बालबालिका, किशोरकिशोरी लक्ष्यित गरि बाल मैत्री सिकाई केन्द्र द्वारा सञ्चालित निःशुल्क कम्प्युटर कक्षाकाे उद्घाटन गरिएको छ ।
केन्द्रकाे हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह, नगर उप–प्रमुख सुमित्रा देवी ग्वारीन, तथा हरिपुर्वा वडा नम्बर-१ का वडा अध्यक्ष श्यामबाबु रायले उद्घाटन गरेका हुन ।
![]()
कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमखु विनोद कुमार साहले-भने। ,“बालबालिका तथा किशोर किशोरीहरुको उज्यालो भविष्यको लागि निरन्तर वडा तथा पालिकालाई झकझकाउने बागमती सेवा समाज नेपाललाई धेरै धन्यवाद दिन चाहन्छु, ।” निःशुल्करुपमा हाम्रा बालबालिकाहरुले कम्प्युटर शिक्षा ग्रहण गर्छन् । समयको सदुपयोग गर्ने र सीप सिक्ने कुरालाई जोड दिनु पर्छ । लागु औषध तथा गलत बाटोमा लाग्नु हुँदैन । यस हरिपुर्वा नगरपालिकाले सिकाई केन्द्रको अपनत्व लिन्छ । साथै पालिकाबाट हुने सक्दो सहयोग गछौं , उनलेे भने।उनलेे सबै वडामा बाल मैत्री सिकाई केन्द्र खोल्ने प्रतिबद्धता व्यक्त गरे।

बाल मैत्री स्थानीय शासन अन्तर्गत सबै वडामा कम्तीमा एकवटा बालमैत्री सिकाई केन्द्र बनाउनु पर्ने अवधारणा अन्तर्गत बागमती सेवा समाजले सहयोग गरेरकाे हरिपुर्वा नगरपालिकाका प्रशासकीय अधिकृत कुमार परियार बताए । उनलेे सिकाई केन्द्रको निरन्तरताको लागि वडा तथा पालिकाले अपनत्व लिनुपर्ने पर्ने प्रशासकीय अधिकृत परियारले बताए ।
बालबालिकाका हाम्रो उज्यालो भविष्य भएको बताउदै, बालबालिकाले समयलाई ध्यान दिंदै अनुशासनपूर्वक कम्प्युटर सिक्न तथा बालमैत्री सिकाई केन्द्रमा रहेका पुस्तकहरु पढ्न हरिपुर्वा नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष श्यामबाबु रायले आग्रह गरे ।

सिकाई केन्द्र तथा निःशुल्क कम्प्युटर कक्षाको लागि निरन्तरता दिने र आवश्यक पर्ने सबै सहयोग पुरा गरिदिने प्रतिबद्धता व्यक्त गर्दै , अध्यक्ष रायले घरपरिवार तथा समाजलाई गाह्रो हुने कुनै पनि किसिमका गलत कार्य नगर्न बालबालिकालाई अनुरोध गरे।
वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपालले बाल संरक्षण, समुदाय संलग्नता स्पोन्सरसीप परियोजनाबाट सिकाई केन्द्रको लागि बसाँई व्यवस्थापन, बालबालिकाहरु पढ्न विभिन्न किसिमका प्रेरणादायी पुस्तकहरु, खेलकुद सामाग्रीसाथै ३ वटा कम्प्युटर, टेबल, कुर्सीहरु प्रदान गरिएको बागमती सेवा समाजका परियोजना संयोजक प्रमेश बादेले जानकारी दिए।

बालबालिका किशोरकिशोरीहरुले वडा तथा हामीसँग बाल मैत्री सिकाई केन्द्रको स्थापना तथा कम्प्युटर सीपको लागि माग गरेका थिए जसको लागि “विभिन्न चरणमा पालिका तथा वडासँग समन्वय बैठक बसेका थियौं र पालिका तथा वडाले पनि बालबालिकाहरुको कुरा सुन्नु भयो र वडामा नै उपलब्ध गराईदिनु भयो त्यसपछि हामीले बसाइ व्यवस्थापन देखि लिएर, शैक्षिक तथा खेलकुद सामग्री र जीवन उपयोगी सीप सिक्नको लागि कम्प्युटर प्रदान गरौं ,´परियोजना संयोजक बादेले भने ।
´ बालबालिका किशोरकिशोरीहरुले आफ्नो फुर्सदको समयको सदुपयोग गर्दै सिकाई केन्द्रमा विभिन्न पुस्तक पढ्न्, मनका कुराहरु बताउने, बैठक बस्ने, योजना बनाउनका साथै निःशुल्क कम्प्युर सिकुन र उहाँहरुको वृत्तिविकासमा टेवा पुगोस् ताकि उहाँहरु मद्यपान, धुम्रपान, लागु औषध, जुवातास आदिमा नपरुन भन्ने हो,´ उनले भने।

सलेश बाल क्लबका अध्यक्ष सपना ठाकुर- भन्छन् ।,“हाम्रो ठाउँमा पनि निःशुल्क कम्प्युटर सिक्न पाउने भएका छौ। हामीले वडा तथा बागममती सेवा समाज नेपालसँग माग पनि गरेका थियौं । हाम्रो माग सम्बोधन भएको छ । सहयोगी बागमती सेवा समाज नेपाल, वल्र्ड भिजन तथा वडालाई धेरै धन्यवाद दिन चाहन्छु ।”
निःशुल्क कम्प्युटर उद्घाटन कार्यक्रमको अध्यक्षता हरिपुर्वा नगरपालिका १ का वडा अध्यक्ष श्यामबाबु रायले गरेका थिए भने प्रमुख अतिथि नगरप्रमुख विनोद कुमार साह, विशिष्ट अतिथि नगर उप्रमुख सुमित्रा देवी ग्वारीन, अतिथि कुमार परियार, महिला बालबालिका शाखा प्रमुख धनकुमारी खड्का, कार्य पालिका सदस्य, वडा सदस्य, अभिभावक, बाल क्लब, तथा रुपान्तर समूहका सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन बागमती सेवा समाज नेपालका फिल्ड मोविलाईजर सुवोध कुमार महतोले गरेका थिए ।









