सर्लाही,चैत्र- २९, जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहलाई मधेश प्रदेश सरकारले प्रदेश समन्वय परिषद सदस्यमा मनोनित गरेको छ ।


सभापति सिंहलाई मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले प्रदेश समन्वय परिषद सदस्यमा नियुक्त गरेका हुन ।


सभापति सिंहलाई (आज) चैत्र २९ गतेको मधेश प्रदेशको मुख्यमन्त्रीस्तरीय बैठकले प्रदेश समन्वय परिषदमा मनोनयन गर्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालय जनाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधामबाट सिंहलाई दिइएको मनोनयन पत्रमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा अन्तरसम्बन्ध कायम गर्न बनेको ऐन २०७७ को दफा २४ को उपदफा १ को खण्ड (घ) बमोजिम सिंहलाई प्रदेश समन्वय परिषद सदस्यका रुपमा मनोनयन गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका उपसचिव जयकुमार राउतद्वारा हस्ताक्षरित मनोनयन पत्रमा उल्लेख छ।


संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य तथा समन्वयलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सिंहलाई परिषद सदस्यमा मनोनयन गरिएको मुख्यमन्त्री कार्यालय जनाएको छ ।