
सर्लाही,चैत -२४,पिउने पानीको हाहाकार भई काकाकुलकाे अवस्था भाेगीरहेका हरिवन नगरपालिका वडा नम्बर -१ कैलाशपुरी क्षेत्रका केही स्थानीय नागरिकको राहत पाउने भएका छन्।

हरिवन नगरपालिका वडा नम्बर -८ का समाजसेवी शम्भु शर्मा(उप्रेती) ले उक्त वडाका केही नागरिकले सहजरूपमा खानेपानी पाउन नसकेको थाहापाएपछि पानी पुर्याउनका लागि १ इन्चको ५ सय मिटर पाइप खरिद गरेर दिएका छन्।उनको सहयोग पछि त्यहाँका केही नागरिकले सहजरूपमा खानेपानी पाउने अवस्था सृजना भएको नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य महिला नेतृ साेनी कुमारी बम्जनले चियाेचर्चाे खबरलाई जानकाशरी दिइन् ।

साविक ढुंग्रेखाेला गाबिस वडा नम्बर -३ हाल हरिवन नगरपालिका वडा नम्बर -१ मा पर्ने उक्त वडामा बितेका धेरै वर्ष देखि स्थानीयले पिउने पानीको समस्या भाेग्दै आएका थिए । पिउने पानीको समस्या समाधान गर्न वडा नम्बर -१ का वडाध्यक्ष टमबहादुर घिसिङकाे पहलमा वडाका केरावारी,वनमारा,डुम्रीघारी,काेठिखाेला,सखुबनी क्षेत्रमा खानेपानी वितरण भइसकेको भएपनि केही स्थानीयले अहिले पनि सहज ढंगले खानेपानी प्राप्त गर्न सकेका थिएनन् ।

खानेपानीको याे समस्या समाधान गर्न अमेरिकी बस्दै आएका शम्भु शर्माले पाइप सहयोग गरेका नेतृ बम्जनले जानकारी दिइन्। समाजसेवी शर्माले साेही वडाका एकल महिला मनिषा श्रेष्ठकाे निर्माणाधीन ३ काेठे घरकाे निर्माण सम्पन्न गर्न पनि आर्थिक सहयोग गरेका वडाध्यक्ष टमबहादुर घिसिङले जानकारी दिए । मनिषाका श्रीमानकाे रूखले च्यापेर केही वर्ष अघि मृत्यु भएको थियो ।
वडाध्यक्ष घिसिङका अनुसार एकल महिला मनिषाकाे घर निर्माणमा वडा नम्बर -१ का समाजसेवी युवा तिर्थराज माेक्तानकाे समन्वयमा लायन्सक्लव काठमाण्डाैंले १ लाख ३० हजार सहयाे उपलब्ध गराएकाे थियाे । निर्माण सम्पन्न गर्न अपुग भएको केही रकम शर्माले सहयोग गरेका हुन ।
समाजसेवी शर्माले वडाध्यक्ष घिसिङकाे अनुरोध पछि आफूले लगाइरहेको सुनको औंठी बेचेरै पिउने पानीको समस्या समाधानका लागि सहयोग गरेका नेतृ बम्जनले बताइन् ।

समाजसेवी शम्भु शर्मा(उप्रेती) नेपाली कांग्रेस जनसम्पर्क समिति संयुक्त राज्य अमेरिका कोलोराडो राज्य समिति सदस्य हुन ।अमेरिकाबाट केही समय अघि नेपाल आएका शर्माले हरिवन स्थित रहेको कैलाशपुरी महादेव मन्दिरमा पनि केही दिन अघि साैर्य बत्ती जडान गरिदिएका छन् ।









