सर्लाही ,चैत—२१, जिल्ला विपद् व्यवस्थापन समितिकाे आयोजनामा  बिहीवार बिहान जिल्लाको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन तालमा विपद् व्यवस्थापन पूर्वतयारी तयारी अभ्यास गरिएको छ ।


जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे  संयुक्त टोलिले विपद् पूर्वतयारी तथा प्रतिकार्य अभ्यास गरेका हुन् ।


जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका प्रमुख प्रजिअ तुलसीबहादुर श्रेष्ठ, तीनवटै सुरक्षा निकाय प्रमुखहरुको उपस्थितिमा   ताल परिसरमा तीनवटै सुरक्षा निकायले संयुक्तरुपमा आगलागी नियन्त्रण तथा डुुबानको समयमा गरिने उद्धारको  अभ्यास प्रदर्शन गरेका थिए ।


विपद् जोखिम न्यूनिकरणका लागि पूर्वतयारीस्वरुप गरिएको  अभ्यास कार्यको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, प्रमुख जिल्ला अधिकारी श्रेष्ठ, भैरवीदल गणका प्रमुख सेनानी सूूर्यबहादुर कार्की, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, लगायतले निरीक्षण गरेका छन् ।


सुरक्षाकर्मीले नाढीमन तालमा बाडिमा डुुबेका व्यक्तिको  डुंगको  सहायतामा उद्धार अभ्यास गरेर देखाएका थिए । उनिहरुले ज्ञासबाट हुने आगलागी , घरमा अचानक हुने आगलागीका घट्ना कसरी नियन्त्र गर्न सकिन्छ भन्ने अभ्यास गरेर देखाएका थिए ।