![]()
सर्लाही,चैत -२१,लालबन्दी नगरपालिका वडा नम्बर -१ मा रिफ्रेस सेन्टर,चार्जिङ स्टेशन र धर्मकाटा सञ्चालनमा आउने भएको छ ।
लालबन्दी -१ गरू बजार भएको स्थानमा निर्माण सम्पन्न आयोजनाकाे आज मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री काैशलकिशाेर रायले अवलाेकन गरेका हुन।
झण्डै २० काेराेडकाे लागतमा निर्माण सम्पन्न हुने आयाेजनाकाे मन्त्रीसहित मन्त्रालयकाे प्राविधिक टाेलिले निरीक्षण गरेका लालबन्दी नगरपालिका का प्रमुख(मेयर) वासुदेव अधिकारी जानकारी दिए ।
मन्त्री राय ,श्रम तथा यातायात मन्त्रालयका सचिव युवराज अधिकारी,मन्त्रालयका प्राबिधिक टाेलीसहित निर्माण हुने स्थलको निरीक्षण आएका र चाडैंनै निर्माण कार्य अघि बढ्दो नेपाली कांग्रेसका महासमिति सदस्य युवा नेता दिपक अधिकारीजे चियाेचर्चाे खबरलाई जानकारी दिए ।

निर्माण हुने चार्जिङ स्टेसन, रिफ्रेस सेन्टर र धर्मकाटा मधेस प्रदेशकै पहिलो र ठुलो आयोजना हुने मन्त्रालयले जनाएको छ ।

आयाेजना निर्माण सम्पन्न भएपछि इलेक्ट्रोनिक गाडी चार्जिङमा सहजता आउनुकोसाथै आयोजनाले ठुलै राेजगारी सृजना गर्ने नगर प्रमुख अधिकारीकाे विश्वास छ ।

निरीक्षणमा लालबन्दी -२ का वडाध्यक्ष किरण पासमान,कांग्रेस नेताहरू उद्धव पाैडे, लगायत सहभागी भएका थिए ।









