![]()
सर्लाही,चैत -९, मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अहिलेसम्म प्रदेशका विभिन्न जिल्लामा मापदण्ड विपरीत सञ्चालनमा रहेका ८० बढी अस्पताल बन्द गराइएको बताएका छन् ।

शनिवार(आज) साँझ लालबन्दीस्थित निजी अस्पतालहरूकाे अनुगमनका क्रममा रहेका मुख्यमन्त्री सिंहले पत्रकारहरूसंगकाे संक्षिप्त कुराकानीका क्रममा यस्तो बताएका हुन ।

आफुले बन्द गराएका केही अस्पतालहरू अहिले सञ्चालनमा रहेको जानकारी पाएकाले प्रदेश प्रहरी प्रमुखलाई तुरुन्तै बन्द गाउँन निर्देश निएकाे र कतिपय आज पनि बन्द गराइएको मुख्यमन्त्री सिंहले बताए ।

उनले निजी मात्रै नभई सरकारी अस्पतालहरूमा पनि आफूले अनुगमन गरिरहेकाे बताउँदै ,सरकारी अस्पतालमा बिरामीको चाप रहेको पाइएकाले चाडैंनै जनशक्ति व्यवस्थापन गरिने बताए।
मुख्यमन्त्री सिंहले केही साताअघि पनि सर्लाहीको लालबन्दी-१ नवलपुरस्थित निजी अस्पताल तथा पोलिक्लिनिक अनुुगमन गरी मापदण्ड बिपरित सञ्चालनमा रहेका अस्पताललाई बन्द गराएका थिए ।
प्रदेशमा रहेका कतिपय अस्पताल मापदण्ड विपरित र दर्ता बिनै सञ्चालनमा रहेको गुनासो बढेपछि पछिल्लो केही महिना यता मुख्यमन्त्री सिंहले प्रदेश अन्तर्गतका जिल्लामा सञ्चालनमा रहेका अस्पतालहरूकाे अनुगमनलाई निरन्तरता दिएका छन् ।

आज पनि अनुगमनको क्रममा लालबन्दीस्थित कतिपय अस्पतालहरू दर्ता तथा नवीकरण बिनै सञ्चालनमा रहेको पाइएको छ । यस्ता अस्पतालहरूलाई तुरुन्तै मापदण्ड लगायतका प्रक्रिया पुरागरेर मात्र सञ्चालनमा ल्याउन मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन्।
मुख्यमन्त्री सिंहले अनुगमनका क्रममा अस्पतालका कार्यरत कर्मचारीको विवरण गरीब, दलित र सीमान्तकृतलाई दिइएको छुटकाे अवस्था बारे अस्पतालका सञ्चालनहरू संग बुझेका थिए ।









