![]()
सर्लाही,चैत -९,नेपाली कांग्रेस बलरा नगरपालिकाद्वारा आयोजित बृहत पार्टी प्रवेश एवम् कार्यकर्ता भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति एवम् पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहले फूलमाला लगाएर नेपाली कांग्रेसमा स्वागत गरेका हुन ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य , तत्कालीन बलरा गाउँबिकास समिति अध्यक्ष वयोवृद्ध नेता रामानन्द जैसवालकाे सभापतित्वमा सम्पन्न बृहत पार्टी प्रवेश एवम् कार्यकर्ता भेटघाट कार्यक्रममा नगर प्रमुख प्रत्याशी एवम पूर्व सिडियो नागेन्द्र झाको नेतृत्वममा सयौंको संख्यामा जनता समाजवादी पार्टी (जसपा) परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका नेपाली कांग्रेस सर्लाहीका उपसभापति डाक्टर सराेज कुमारले चियाेचर्चाे खबरलाई जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति पूर्व मन्त्री नागेन्द्र कुमार यादव,प्रदेश सभा सदस्य जंगिलाल राय, सर्लाही सभापति सुरेन्द्र प्रसाद सिंह , जिल्ला समन्वय समिति सभापति काैशलकिशोर सिंह,उपसभापति डाक्टर सराेज कुमार ,सचिवद्वय मनाेज यादव, निरज कार्की ,क्षेत्रीय सभापति राआश्रय साह ,महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरू ,पालिका प्रमुखहरू मनाेजकुमार आचार्य ,धीरेन्द्र यादव (बिस्पद) महिला नेतृ बनिता कार्की लगायतका नेताहरूले नवप्रवेशीलाई स्वागत गरेका थिए ।










