लालबन्दी, चैत-८, लालबन्दीमा बैंकर्स समूहले वित्तीय साक्षरताका लागि प्रत्येक वर्ष विश्वभर मनाइने ग्लोबल मनी वीक २०२५ अन्तर्गत आज प्रभातफेरीकाे आयोजना गरेका छन् ।


कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । ‘अनुकरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्वक खर्च गरौं’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा सहभागीहरूले वित्तीय ज्ञान र सचेतना सम्बन्धी प्लेकार्ड तथा ब्यानर बोकेर प्रभातफेरीमा सहभागी भएका थिए ।


कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका कर्मचारी, स्थानीय प्रतिनिधि तथा नागरिकहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा डिजिटल बैंकिङ, साइबर सुरक्षासम्बन्धी जनचेतना बढाउनका लागि विभिन्न सन्देशहरू समेत प्रवाह गरिएको एनएमबि बैंक लालबन्दी शाखा प्रवन्धक अरुण आचार्यले जानकारी दिए ।


साे अवसरमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले बैंकिङ सुरक्षासम्बन्धी सतर्कता अपनाउनुपर्ने आवश्यकता बारे स्थानीयलाई जानकारी गराएका थिए ।