![]()
सर्लाही,चैत -८,नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल साँस्कृतिक महासंघकाे तेस्रो जिल्ला अधिवेशन जिल्लाकाे लालबन्दीमा सम्पन्न भएको छ ।

महासंघका सर्लाही जिल्ला सभापति एवम् भूमि समस्या समाधान आयाेगका जिल्ला अध्यक्ष समेत रहेका मदन विश्वकर्माकाे सभापतित्व तथा नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहकाे प्रमुख आतिथ्यतामा सर्वसम्मत नेतृत्व चयन गर्दै, अधिवेशन सम्पन्न भएको हाे।

अधिवेशनले नारायण गुर्छाने मगर सभापति रहने गरि १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जिल्ला कार्यसमितिका अन्य पदाधिकारीहरूमा,उपसभापतिमा निलम मैनाली ,सचिवमा सुशील गजमेर लगायतका पदाधिकारी तथा सदस्य रहेका छन् ।

कार्यक्रममा नेपाल साँस्कृतिक महासंघका केन्द्रीय सभापति तिर्थ थापा, संविधानसभा सदस्य एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ,नेपाल साँस्कृतिक महासंघका केन्द्रीय महामन्त्री शिवशंकर रिजाल, लालबन्दी र ईश्वरपुर नगरपालिकाका पमुख वासुदेव अधिकारी र मनाेज आचार्य,मधेस प्रदेश सदस्य सेनी कुमारी बम्जन,रामबाबु साह ,धर्मलाल राय,शर्मिला थापा ,महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि , जिल्ल,क्षेत्र र प्रदेश समितिका प्रमुख तथा पदाधिकारीहरूकाे विशिष्ट आतिथ्यता रहेकाे नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले चियाेचर्चाे खबरलाई जानकारी दिए ।

,









