
सर्लाही , फागुन –२३, जिल्लाको लालबन्दीमा उद्योग वाणिाज्य संघद्वारा आयाेजित दोस्रो लालबन्दी महोत्सवकाे आज दिउँसो उद्घाटन गरिएको छ।

‘आर्थिक समृद्धि र स्वरोजगारको आधार–कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नारासहित लालबन्दी- ९ स्थित भूदेव खाद्य उद्योग (गोल्छा) परिसरमा सुरु महोत्सवकाे मधेश सरकारका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँले पानसमा दीप प्रज्ज्वलन गरि उद्घाटन गरेका हुन ।

महोत्सवकाे उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री मियाँले यस्ता किसिमका महोत्सवले व्यवसाय र पर्यटन प्रवर्द्धन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनलेे प्रदेश सरकारले यहाँका तीर्थस्थलहरूलाई पर्यटकीय पूर्वाधारको रूपमा बिकास गर्न चाहेको बताए ।

प्रदेशमा पर्यटन प्रवर्द्धनका लागि मेला महोत्सव आयोजना गर्दा प्रदेश सरकारले आर्थिक सहयोग गर्दै आएको उल्लेख गर्दै उद्योग वाणिज्य संघ लालबन्दीद्वारा आयाेजित दोस्रो लालबन्दी महोत्सवकाे लागि पनि आर्थिक सहयोग गर्ने बताए । उनलेे आफू यहीँ मन्त्रालयमा रहिरहे आगामी आर्थिक वर्ष देखि मेला महोत्सवका लागि बजेट व्यवस्था गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

त्यस्तै उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि पूर्व मन्त्री सर्लाही क्षेत्र नम्बर -१ (ख) की प्रदेश सभा सदस्य बेची लुंगेलीले खुला सीमानाका कारण यहाँ व्यापार व्यवसाय सुक्न थालेकाे बताइन् । उनले छिमेकी मुलुक भारतबाट ठुलो परिमाणमन आउने कृषि उपजका कारण यहाँका किसानहरू मर्कामा परेको उल्लेख गर्दै, यसलाई राेक्न उद्योग वाणिज्य तथा पर्यटनमन्त्री मियाँ मार्फत प्रदेश सरकारकाे ध्यानाकर्षण गराईन ।लालबन्दीकाे पहिचान बढाउन महाेत्सवकाे महत्त्वपूर्ण भूमिका रहेको प्रसंग उल्लेख गर्दै, उनलेे उद्योग वाणिज्य संघ लालबन्दी धन्यवाद दिइन् । उनले तेस्रो महाेत्सव देखि प्रदेश सरकार मार्फत निरन्तर वजेट व्यवस्था गरिदिन आग्रह गरिन् ।
उद्योग वाणिज्य संघ लालबन्दीका वरिष्ठ उपाध्यक्ष पूर्ण प्रसाद चाैलागाईले स्वागत मन्तव्य रखेकाे कार्यक्रममा,अध्यक्ष दिपेन्द्र बलम्पाकीले महाेत्सवकाे उद्देश माथि प्रकाश पारेका थिए ।

अध्यक्ष बलम्पाकीले खस्कदै गएको व्यापार व्यवसाय वृद्धि गर्न र आर्थिक गतिविधिलाई चलायमान बनाउने महाेत्सवकाे मुख्य उद्देश रहेको बताए । उनलेे महाेत्सवकाे एक लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको काराेवार हुने अपेक्षा रहेको बताए ।
कार्यक्रम उद्योग वाणिाज्य संघका केन्द्रीय अध्यक्ष उमेश डालमियाँ,उद्योग वाणिज्य संघ मधेस प्रदेश अध्यक्ष अशोक टेमानी,नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर -१ ( ख) का सभापति सीताराम दाहाल,जनज्योति बहुमुखी क्याम्पस व्यवस्था समिति अध्यक्ष दिपक अधिकारी,एकीकृत समाजबादी लालबन्दी नगर अध्यक्ष बज्रमणी लामा,राप्रपा नगर अध्यक्ष गंगा प्रसाद चाैलागाई,लालबन्दी नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत बसन्त न्याैपाने लगायतले महाेत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू ,उद्योग वाणिज्य संघका ,संस्थापक अध्यक्ष देवीबन्धु थापा,पूर्व अध्यक्ष बाबुकाजी प्रधान,नवराज मिश्र,कल्याणकुमार जाेशी,विभिन्न राजनीति दलका नगर प्रमुख , संघसंस्था प्रतिनिधि तथा सञ्चारकर्मीहरूकाे आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विभिन्न जातीय झाँकी प्रदर्शन गरिएको थियो।
आजबाट सुरू भएको महाेत्सव चैत ४ गतेसम्म संचालन हुने छ। महोत्सवमा दैनिक राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहने छ।महोत्सवमा स्थानीय विभिन्न कृषि उत्पादन, औजार, व्यापार व्यवसायलगायतको स्टल रहेका छन् । आधुनिक राेटेपिङ झुला,विभिन्न स्थानीय परिकार,महाेत्सवका आकर्षण रहेका छन्।

महोत्सवको उद्घाटनका क्रममा प्रवेश नि: शुल्क गरिएपनि भाेलिबाट भने,आमसर्वसाधारणका लागि ८० रुपैयाँ र विद्यार्थी कार्ड भएकालाई ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । प्रेस प्रतिनिधिलाई भने,परिचयपत्र हेरि प्रवेश निः शुल्क गरिएको आयाेजकले जनाएको छ ।









