एसपी यादव/सर्लाही
फागुन -२२, नेकपा (माओवादी केन्द्र) पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल `प्रचण्ड´ बिहिवार सर्लाही आइपुगेका छन् ।


नेकपा (माओवादी केन्द्र) ले झापाबाट सुरु गरेको ´जनतासंग माओवादी तराई–मधेश जागरण अभियान´ अन्तर्गत आजै महोत्तरीको कार्यक्रम सकेर अध्यक्ष प्रचण्ड र पार्टीका शिर्ष नेताहरु सर्लाही आइपुगेका हुन ।


प्रचण्ड सहित पार्टीका शिर्ष नेताहरुलाई सर्लाहीमा भव्य स्वागत गरिएको छ । सदरमुकाम मलंगवाको कभर्ड हलमा शुक्रवार हुने माओवादीको ´जनतासंग माओवादी तराई-मधेश जागरण अभियान´खबरदारी सभा कार्यक्रमको भव्य तयारी गरिएको पार्टीका नेता मनोज सहनीले जानकारी दिए ।


´जनतासंग माओवादी तराई- मधेश जागरण अभियान´ लिएर अध्यक्ष प्रचण्ड सहितका नेताहरु अहिले मधेश दौडाहामा छन् ।

अभियान मधेसको हुलाकी राजमार्ग हुँदै अगाडी बढिरहेको छ ।