सर्लाही,फागुन -२२,जिल्ला ब्याडमिन्टन संघ सर्लाहीका उपाध्यक्ष मुकेश कुमार प्रजापतिमाथि भएको कुटपिटको घटनाको विरोध गर्दै संघले दोषीमाथि कडा कारबाहीको माग गरेको छ।


संघका अध्यक्ष गौरव गुरुङले आज बिहिवार एक प्रेस विज्ञप्ति जारी गर्दै घट्नाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन ।


हिजो फागुन २१ गते मलंगवाका केही व्यक्तिले प्रजापतिमाथि कुटपिट गरिएका थिए। संघले उपाध्यक्ष माथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेको छ।


संघका अध्यक्ष गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही नगरिए थप संघर्षका कार्यक्रम गर्ने चेतावनी दिइएको छ।