सर्लाही,फागुन -२०, जिल्लाकाे चन्द्रनगर गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा  इन्जिनियर राजेश यादवले जिम्मेवारी सम्हालेका छन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त  यादवलाई गाउँपालिका अध्यक्ष राजकुमार महतो सहितका जनप्रतिनिधि तथा कर्मचारीले बधाई तथा सफल कार्यकालको शुभकामना प्रकट दिएका छन् ।


सङ्घी मामिला तथा समान्य प्रशासन मन्त्रालयको मिति २०८१/११/१९ को पत्रनुसार  स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४ को उपदफा ९४० अनुसार चन्द्रनगरको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरि इन्जिनियर यादवलाई  निमित्त प्रमुख प्रसाशकीय अधिकृतको जिम्मेवारी  दिएको हो ।


अधिकृत यादवको अनुभव र दक्षताले चन्द्रनगर गाउँपालिकामा विकास र समृद्धि  सहयोग पुग्ने विश्वास गरिएको छ। उनको नेतृत्वमा गाउँपालिकाका योजनाहरू र कार्यक्रमहरू प्रभावकारी ढंगले अघि बढ्ने जनप्रतिनिधिहरूकाे विश्वास  छ।


निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी सम्हालेका यादवले भने,´सवैकाे विश्वास र सहयोग रहे चन्द्रनगरको प्रगतिको लागि कडा मेहनत गर्ने छु।´


चन्द्रनगरका नागरिकहरूको समग्र विकासमा योगदान पुर्‍याउन  अधिकृत यादवको नेतृत्वमा काम गर्न सबैमा उत्साह र आशा रहेको चन्द्रनगरका कर्मचारीहरुले बताए।
झण्डै महिना देखि  प्रमुख प्रशासकीय अधिकृत बिहिन हुदा चन्द्रनगरकाे,आर्थिक प्रशासनिक कार्यमा समस्या सिर्जना भएको थियो ।