
सर्लाही ,फागुन -१९ , स्वतन्त्र विद्यार्थी युनियनकाे आगामी चैत ५ गते हुने निर्वाचनका लागि देशभरि जस्तै सर्लाहीमा रहेका तीनवटै क्याम्पसमा पनि साेमवार (आज) संघ–संगठन दर्ता गरिएको छन ।
![]()
त्रिभुवन विश्वविद्यालय मातहत सञ्चालनमन रहेका सदरमुकाम मलंगवामा रहेको सर्लाही क्याम्पस मलंवा, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी र चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा स्ववियु निर्वाचनका लागि सङ्घ–सङ्गठन दर्ता कार्य गरिएको हाे।

जिल्लाकै सबैभन्दा पहिलो क्याम्पस सर्लाही क्याम्पस मलंवामा ११ वटा विद्यार्थी सङ्घ–सङ्गठन तथा समूह दर्ता भएका क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजक कृपानाथ झाले जानकारी दिए । उनका अनुसार दर्ता भएका सङ्घ–सङ्गठन र विद्यार्थी समूहसँग भोली सर्वपक्षिय छलफलको आयोजना गरिएको छ ।

जिल्लाको हरिवनस्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा पाँचवटा विद्यार्थी सङ्घ–सङ्गठन दर्ता भएका क्याम्पसको स्ववियु निर्वाचन समिति संयोजक हरिलाल मैनालीले बताए ।
स्ववियु निर्वाचन हुन लागेका तीनवटा क्याम्पसमध्ये लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा सबैभन्दा कम चारवटा विद्यार्थी सङ्घ–सङ्गठन दर्ता भएका क्याम्पसको स्ववियु निर्वाचन समितिले जनाएको छ ।

समितिका संयोजक शिवहरि नेपालका अनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) अनेरास्ववियु, अनेरास्ववियु (समाजवादी) र अखिल क्रान्तिकारी गरी चारवटा विद्यार्थी संघसंगठन दर्ता भएका छन् ।
चैत ५ गतेको निर्वाचनमा आज दर्ता भएकै संघ–संगठन र विद्यार्थी समूहका विद्यार्थीले मात्रै उम्मेदवारी दिन पाउने छन् । फागुन २५ गते उम्मेदवारको मनोनयन दर्ताका लागि समय छुट्याइएको छ ।

आज आ-आफ्नो पार्टी निकटका विद्यार्थी संघ–संषठन दर्ता गर्न विद्यार्थी नेतासँगै पार्टीका जिल्लाका पदाधिकारी तथा अन्य नेताहरु पनि सँगसँगै क्याम्पसमा पुुगेका थिए।
स्ववियु निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका विद्यार्थी नेताले दैनिकजसो क्याम्पसमा पुुगेर मतदाता क्याम्पस अध्ययनरत् विद्यार्थीसँग भेटघाट गरि मत मागिरहेका छन्।









