सर्लाही,फागुन-३,सर्लाहीमा विद्यालयको पहुँचमा पुग्न नसकेका २० जना अपाङ्ग बालबालिकालाई घरमै शिक्षा प्रदान गरिने भएको छ।
जिल्लाको हरिपुर, ईश्वरपुुर, गोडैता र बलरा नगरपालिकामा बहु अपाङ्ग भएका बालबालिकाहरुलाई शिक्षाको अधिकार सुनिश्चित गर्नका लागि साक्षरता सहजकर्तालाई घरमै पठाएर शिक्षा प्रदान गर्न लागिएको हाे ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र ग्रामीण नारी उत्थान संघ हरिपुर तथा राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्र मलंगवाद्वारा संयुक्तरूपमा संचालित समुन्नति परियोजना अन्तर्गत बहुअपाङ्गता भई विधालयको पहुँचमा पुग्न नसक्ने बालबालिकाहरुलाई घरमै शिक्षा प्रदान गरिने छ ।


ग्रामीण नारी उत्थान संघकाे कार्यक्षेत्र पर्ने हरिपुर नगरपालिकाका ३ जना र ईश्वरपुर नगरपालिकाका ७ जना र राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्रका कार्यक्षेत्र पर्ने बलरा र गोडैता नगरपालिका गरी १० जना अपाङ्ग बालबालिकालाई घरमै शिक्षा प्रदान गरिने ग्रामीण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णुप्रसाद चालिसेले जानकारी दिए ।
बहुअपाङ्गता भई विधालयको पहुँचमा जान नसक्ने बालबालिकाहरुलाई घरमै शिक्षामा पहुँच पुर्‍याउने उधेश्यले शारीरिक बहुअपाङ्गता, दृष्टि सम्बन्धि बहुअपाङ्गता, सुनाइ सम्बन्धि बहुअपाङ्गता, श्रवणदृष्टिविहिन बहुअपाङ्गता, स्वर र बोलाई सम्बन्धि बहुअपाङ्गता, मानसिक वा मनोसामाजिक बहुअपाङ्गता र बौद्विक बहुअपाङ्गता भएका बालबालिकाहरुलाई समेत नेपाल सरकारले संविधानमा आधारभुत शिक्षा अनिवार्य गर्ने उल्लेख गरेपनि अझै विधालय वा कुनै श्रोत विधालयहरुमा हाल सम्म भर्ना हुन नसकेको अवस्थामा सर्लाहीमा प्रथम पटक यो अभ्यास गरिएको छ ।
हरिपुरका ३ जना र ईश्वरपुरका ७ जना तथा गोडैता र बलराका १० जना साक्षरता सहजकर्तालाई घरमै विधालय सञ्चालन गर्ङ ५ दिने तालिम प्रदान गरिसकेको छ ।


अब बालबालिकाहरुको घरमै गई नेपाल सरकारको एकिकृत पाठ्यक्रममा आधारित कक्षा १ देखि ३ सम्मको पाठ्यक्रमको आधारमा घरमै विधालय संचालन गरेर बहु बहुअपाङ्गता भएका बालबालिकाले सजिलै सिक्न बहुअपाङ्गता मैत्री वातावरणमा कक्षा संचालन गरि बालबालिकाको शिक्षामा पहुँच बढाउने ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष चालिसेले बताए ।सहजकर्ताहरुले ३ वर्ष सम्म निरन्तर पढाई ३ कक्षा पुुर्ण भएपछी पछि ति बालबालिकालाई अपाङ्गमैत्री विद्यालयमा जोडिने छ ।


तालिमको सहजिकरण सेभ द चिल्ड्रेन बर्दिवासबाट राम बहादुर साह र रुवाका शम्भु साह तेलि र राम विश्वास चौधरी त्यस्तै आर आर पिकेका चन्द्रशेखर सहनी र महेश कुमार मण्डलले गरेका थिए।
कार्यक्रम संचालनको हरिपुर नगरपालिकाका शिक्षा प्रमुख नागेश्वर रायले अनुगमन समेत गरेका थिए । सो कार्यक्रममा रुवा बाट १० जना र आर आर पिके बाट १० जना गरि जम्मा २० जना सहजकर्ताकाे सहभागिता रहेको थियो । तालिमको समापन ग्रामीण नारी उत्थान संघ हरिपुरका अध्यक्ष गोमा देवी न्यौपानेले गरेकी थिइन् ।