
सर्लाही,फागुन -२,जिल्लाको गोडैता नगरपालिक वडा नम्बर(४ रोहुआमा विभिन्न पार्टी परित्याग गरि दर्जनौंको संख्यामा नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस गोडैता नगर समितिका अनुसार नगर समितिले वडा नम्बर-४ रोहुआमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौंको संख्यामा नेपाली कांग्रेस प्रवेश गरेका हुन ।

कांग्रेस नेता ब्रजकिशोर झा को सभापतित्व तथा नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति एवम् पूर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह,पूर्व प्रदेश सभासद उपेन्द्र प्रसाद कुशवाहा, जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंह,नेपाली कांग्रेस क्षेत्र नम्बर -४ का सभापति रामआश्रय साह लगायतका नेताहरूले नव प्रवेशिलाई अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा गत स्थानीय निर्वाचनमा नेकपा माओवादीको तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारसमेत रहेका राजेश ठाकुरको नेतृत्वमा अमरेन्द्र पासवान,कृष्णमोहन झा,रामप्रकाश राउत,विजय झा,राजा राउत,बिहारी हजारी,उमेश महतो लगायतका दर्जनौं स्थानीय नेपाली कांग्रेस प्रवेश गरेका नेपाली कांग्रेस गोडैता नगर समितिले जनाएको छ।










