
सर्लाही,फागुन -३,नेपाल पत्रकार महासंघ सर्लाहीकी उपाध्यक्ष पत्रकार बन्दना झाले वृद्धाआश्रममा मिष्ठान्न भाेजन गराएर जन्मदिन मनाएकी छन् ।

विगत ५ वर्ष देखि लालबन्दी नगरपालिका २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमूना वृद्धसेवाआश्रममा आश्रीत वृद्धवृद्धाहरूलाई मिष्ठान्न भाेजन गराएर जन्मदिन मनाउँदै आएकी पत्रकार झाले यश वर्ष पनि वृद्धवृद्धा माझ जन्मदिन मनाएकी हुन ।

वृद्धाआमाबुवाहरुको हरेक वर्ष वृद्धबुवाआमाहरुको माझमा बसेर जन्मदिन मनाउँदै आएकी पत्रकार झाले यस पटक पनि माझमा बसेर केक काटेकी हुन् ।
वृद्धवृद्धाहरुको सामिप्यता र उहाँहरुको आर्शिवादले आफूलाई सधैं सफलतातर्फ प्रेरित गर्ने भएकोले विगत ५ वर्षदेखि आश्रमा भाेजन गरायर केक काटी जन्मदिन मनाउने गरेको उनलेे बताईन् ।

उनको जन्मदिन विशेष कार्यक्रममा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओम प्रकाश ठाकुर,प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलिया,निर्वतमान अध्यक्ष टंक बहादुर क्षेत्री,सचिव सोम दियाली, प्रेस युनियन सचिव रामबाबु खड्का, प्रेस मञ्चका केन्द्रीय कार्यावाहक अध्यक्ष मनोज यादव, जिल्ला अध्यक्ष कृष्णा सिंह, प्रेस सेन्टर सर्लाहीका उपाध्यक्ष क्षितिज विश्वकर्मा, सचिव राधेश्याम कुशवाहासहित जिल्लामा क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मेयर अधिकारी, आश्रमका संरक्षक बासुदेवशरण कोइराला र उहाँकी धर्मपत्नी, आश्रमकी अध्यक्ष एवम् व्यवस्थापक भवानी कोइरालालगायतले पत्रकार झालाई टिका तथा खादा लगाई जन्मदिनको शुभकामना व्यक्त गरेका थिए । पत्रकार झाले आफ्नो जन्मदिन विशेष बनाउन उपस्थित हुने सबैलाई धन्यवाद व्यक्त गरेकी थिईन् ।









