सर्लाही,फागुन -२, जिल्लाको जनज्योति बहुमुखी क्याम्पसमा प्रेमपत्र लेखन तथा वाचन कार्यक्रम सम्पन्न भएको छ।
स्वतन्त्र विधार्थी युनियन जनज्योति बहुमुखी क्याम्पस लालबन्दीको आयोजनामा प्रेमपत्र लेखन तथा वाचन कार्यक्रम सम्पन्न भएको हो ।
स्वतन्त्र विधार्थी युनियनका सभापति अभिमन्यु चौधरी र क्याम्प व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


क्याम्पस प्रमुख वीरेन्द्र चौधरीकाे कार्यक्रममा विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्व क्याम्पस प्रमुख उमेश तिमल्सिना, युवा नेता नारायण गुर्मछाने, मनोज बख्रेल आतिथ्यता रहेको थियो।कार्यक्रममा विद्यार्थी नेताहरू आदित्य महताे, अरबिन्द साह लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा क्याम्पस प्रमुख वीरेन्द्र चौधरीलाई ‘धर्तीको जुन’ गजल संग्रह, सर्लाहीका प्रतिनिधि गजल संग्रह, गजलकार विवश पौडेले र कथाकार अन्वेषक देवराज पाैडेलले आफ्नो कथा सङ्ग्रह “मानवता हराएका शहरहरू” क्याम्पसलाई समर्पण गरेका थिए।
प्रेमपत्र वाचन कार्यक्रममा प्रथम ,द्वितीय र तृतीय हुने सहभागीलाई निर्णायक मण्डलका सदस्य क्याम्पस प्राध्यापकहरू रमेश भटराई, विवश पौडेल र दिनेश लुइँटले छनाैट गरेका थिए ।


प्रतियाेगितात्मक कार्यक्रममा विश्वास अधिकारी प्रथम, इसा धमला द्वितीय र एकता लामिछाने तृतीय घोषित भएका छन्।


उनीहरूलाई प्रमुख अतिथि क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दिपक अधिकारीले सिल्ड,मेडलद्वारा पुरस्कृत गरेका स्ववियु सदस्य विवेक बानियाँले चियाेचर्चाे खबरलाई जानकारी दिए ।