
सर्लाही, माघ-१, पुर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाकाे ईश्वरपुर नगरपालिका वडा नम्बर -१३ बाके जंगलको घारीबथान जाने चौकमा तिब्र गतिमा रहेको बस आफै अनियन्त्रित भई पल्टिँदा १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार गए साँझ अन्दाजी ७ बजेकाे समयमा बर्दिवासबाट पथलैया तर्फ जादै गरेको ना. ७ ख ३६४३ नं. को सिटि राईड बस तिब्र गतिको कारणले आफै अनियन्त्रित भई रोडको दक्षिण साईडमा पल्टिँ दुर्घटना दुर्घटना हुदा बसमा सवार अन्दाजी ३७ जना मध्ये १५ जना घाईते भएका हुन ।

घाइते यात्रुलाई उद्धार गरि उपचारको लागि लालबन्दी तर्फ ल्याइएको छ । दुर्घटना ग्रस्त बसका चालक फरार रहेको, खाेजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ ।

लघु वित्त संस्था बिरुद्ध संघर्ष समिती मधेश प्रदेशको आयोजनमा भएको कार्यक्रममा सहभागी भई बर्दिवासबाट
पथलैया तर्फ जादै गरेको बस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।

जाेशीकै कमाण्डमा रहेको १० जनाको टोलीले घाइतेको उद्धार गरेको थियो ।









