
सर्लाही,फागुन -१,लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीबाट सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने बताएका छन् ।
भूमिसम्बन्धी अध्यादेश अस्वीकार गरेको लोसपाले अब पार्टीबाट सरकारमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी फिर्ता बोलाउने तयारी गरेको हो।

सर्लाही सदरमुकाम मलंगवामा बिहिवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले अध्यादेशका कारण सरकारमाथि नैतिक संकट आएको बताए ।

उनले पार्टीबाट सरकारमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीलाई राजीनामा दिनका लागि तयार रहन आग्रह गरे ।

आफुहरूले अध्यादेश अस्वीकार सरकार गिराउनका लागि नगरेको बताउदै, उनले सरकारमाथि नैतिक संकट आएको बताए । उनले अध्यादेश ल्याउँदा गठबन्धनको एक घटक आफूहरूसँग छलफलनै नभएको बता ।









