सर्लाही, माघ-१२,नेपाली कांग्रेस निकट नेपाल महिला संघको तत्कालीन पिपरीया गाविस-२ का अध्यक्ष समेत रहनुभएका नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुरकाे ममतामई माता  बैदेही देवीको आज आईतवार अन्त्येष्टि ( दाहसंस्कार ) गरिएको छ ।
हिन्दु परम्परा अनुसार कविलासी नगरपालिका २ पिपरिया स्थित लखनदेही नदिकाे पिपरिया घाटामा आज दिउँसो २ बजे अन्त्येष्टि ( दाहसंस्कार ) गरिएको हाे ।


नेपाली कांग्रेस निकट नेपाल महिला संघको तत्कालीन पिपरीया गाविस-२ अध्यक्ष समेत रहनुभएका मृतक बैदेही देवीको  हृदयघातको कारण  निधन भएको थियो ।
उहाँको पार्थिव शरीरमा नेपाली कांग्रेसका महासमिति सदस्य शेख सहदुला, प्रजातान्त्रिक सेनानी संघका सर्लाही  जिल्ला सचिव पूर्व शिक्षक क्षेत्रीय प्रतिनिधि  रजनिकान्त झा महिला संघकी सर्लाही जिल्ला कार्यसमिति सदस्य बनीता कार्की लगायतका नेताहरूले चार तारे झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।


उहाँले लामो  समयदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आउनुभएको उहाँका एकमात्र छाेरा नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश ठाकुरले जानकारी दिनुभयो ।


भारतमा लागेकाे महाकुम्भ  स्नान गर्न जाने क्रममा  नेपाल भारत सीमावर्ती बजार साेनवर्षामा  छातीमा असहज महसुस भएपछि उपचारको लागि  मलंगवा अस्पताल ल्याइएकोमा चिकित्सकले उहालाई मृत घाेषणा गरेका थिए ।