सर्लाही,माघ-८,सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर – १ किशनपुरका १ सय जना विपन्न तथा दलित विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको छ ।
नेपाली कांग्रेस मधेस प्रदेश कार्य समिति सदस्य शर्मिला थापाले आज मंगलवार विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेकी हुन।

उनले आफ्नो व्यक्तिगत खर्चमा विपन्न तथा दलित स्कुले बालबालिकालाई ब्याग वितरण गरेकी हुन । ब्याग प्राप्त गरेपछि स्कुले बालबालिका हर्षित भएका छन् ।


ब्याग वितरण कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवार, महाधिवेशन प्रतिनिधि सोनेलाल साह, नेपाली कांग्रेसका नेताहरू श्याम सिंह, अनिल कर्ण, तेजनारायण चौधरी,वडा नम्बर – १ का वडा सभापति ईसा मंसुर, वडा नम्बर -२ का वडा सभापति मक्सुद आलम लगायत ७ वटै वडाको सभापति, स्थानी नागरिकको उपस्थिति रहेको थियो ।