सर्लाही,माघ-८, नेपाल रेडक्रस सोसाइटी हरिपुर उपशाखाको निर्वाचनमा चन्द्रिका साह प्यान विजयी भएको छ ।
गए राति हरिपुरमा सम्पन्न मत परिणाम अनुसार साह २ सय ८२ मत प्राप्त गरि निर्वाचित उपशाखा सभापतिमा विजयी भएका हुन ।
निर्वाचनमा उनको निकटतम प्रतिद्वन्द्वी चुडामणी धामीले १ सय ९६ मत प्राप्त गरेका छन् ।
साह प्यानलबाट महिला उपसभापति पदमा देव कुमारी थापाले २ सय ७६ मत प्राप्त गरी निर्वाचित हुदाहुदै उनको निकटतम प्रतिस्पधी सावित्री कुमारी कार्कीले २ सय १४ मत प्राप्त गरिन् ।
सचिव पदमा एकेन्द्र कुमार बस्नेतले ३ सय ११ मत प्राप्त गरि निर्वाचित हुदा उनका निकटतम प्रतिद्वन्द्वी मोममद असफाकले १ सय ७७ मत प्राप्त गरेका छन् ।
उप सचिव पदका लागि सहदेव दास बनियाले २ सय ९२ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी ओम प्रकाश साह रौनियारले २ सय १ मत प्राप्त गरे । त्यस्तै कोषाध्यक्ष पदमा बासुदेव साहले २ सय ८६ मत प्राप्त गरि निर्वाचित हुदा उनको निकटतम प्रतिस्पधी रविन्द्र राय यादवले २ सय ९ मत प्राप्त गरेका छन् ।
उपकोषाध्यक्ष पदमा रमेश कुमार साह रौनियारले २ सय ८८ मत प्राप्त गरि निर्वाचित हुदा उनको निकटतम प्रतिस्पर्धी शुभकरण चौधरीले २ सय मत प्राप्त गरेका छन् ।
यसैगरी महिला सदस्यमा शोभा कुमारी श्रेष्ठले २ सय ६३ मत प्राप्त गरि निर्वाचित भएकी छिन् । उनको निकटतम प्रतिस्पर्धी सुस्मा न्यौपानेले २ सय २३ मत प्राप्त गरेका छन् ।
त्यस्तै खुल्ला सदस्यमा रमा चालिसेले २ सय ९४ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी सुकेश्वर दासले २ सय ११ मत प्राप्त गरेका छन् ।
सदस्यमा महाविर दास कथबनियाले २ सय ६८ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी ईफ्तेखार हुसैनले १ सय ८९ मत प्राप्त गरेका छन् ।
सदस्यमा राजन प्रसाद पोखरेलले २ सय ९८ मत प्राप्त गरि निर्वाचित भएका छन् । भने उनको निकटतम प्रतिस्पर्धी अजय कुमार चौधरीले १ सय ८६ मत प्राप्त गरेका छन् ।
त्यस्तै सदस्यमा धर्मविक्रम कार्कीले ३ सय १४ मत प्राप्त गरि निर्वाचित हुदा उनका निकटतम प्रतिस्पर्धी गौरी प्रसाद सुवेदीले १ सय ८५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।