काठमाडौं, माघ-८, सामाजिक सुरक्षा कोषको संचालक समितिसदस्यमा नेपाली कांग्रेस मधेस प्रदेश समिति सदस्य तथा संसदीय बाेर्ड सदस्य ध्रुव रिजाल मनाेनित भएका छन् ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नगर विकास काेषका पूर्व अध्यक्ष समेत रहेका रिजाललाई बोर्ड सदस्य बनाउने निर्णय गरेको हो।


रिजाल नेपाल उद्योग परिसङ्घको राष्ट्रिय परिषद् सदस्य पनि हुन। उनी लालबन्दी-५ का स्थायी वासिन्दा हुन ।


उनी बुटवल धागो कारखाना,हेटौंडा सिमेन्ट उद्योग लगाएका विभिन्न संस्थानकाे महाप्रबन्धक तथा अध्यक्ष भइसकेका व्यक्ति हुन ।