सर्लाही,माघ-५, कश्यव गोत्रीय अधिकारी वंश प्रतिष्ठान सर्लाहीको तेस्रो जिल्ला अधिवेशन लालबन्दीमा सम्पन्न भएको छ ।
विष्णुहरि अधिकारी सभापतित्व,केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश इञ्चार्ज गोविन्द अधिकारीको प्रमुख आतिथ्यता एवम् लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीको विशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हाे ।
कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पसका अध्यक्ष दिपक अधिकारी, कश्यव गोत्रीय अधिकारी वंश प्रतिष्ठान मधेश प्रदेश संयोजक डिल्ली अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
अधिवेशनले पछि दुई सदस्य थप गर्ने गरी नवराज अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्षद्वयमा मेघराज अधिकारी लालबन्दी, शंकरप्रसाद अधिकारी बरहथवा सचिवमा अच्युत अधिकारी लालबन्दी, कोषाध्यक्षमा विष्णुबहादुर अधिकारी लालबन्दी, उपसचिवद्वय मुना अधिकारी, नरराज अधिकारी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सन्तोष अधिकारी (लालबन्दी), गीता कुमारी अधिकारी, ईश्वरप्रसाद अधिकारी, सन्तोष अधिकारी (बरहथवा) चयन भएका छन् ।
अधिवेशनले ११ जना केन्द्रीय प्रतिनिधि पनि चयन गरेको छ । जसमा बासुप्रसाद अधिकारी, दिपक अधिकारी, मनोज अधिकारी जिवनाथ अधिकारी, माधव अधिकारी, डिल्ली अधिकारी, मिनाकुमारी अधिकारी, विष्णुहरि अधिकारी लगायत रहनुभएको छ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नगर प्रमुख बासुदेव अधिकारीले फुलमाला तथा अविरले स्वागत गरेका नवनिर्वाचित सचिव तथा कार्यक्रम सञ्चालक अच्युत अधिकारीले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
अधिवेशनबाट सर्वसम्मत चयन भएका पदाधिकारीहरूलाई केन्द्रीय उपाध्यक्ष गोविन्द अधिकारीले सपथग्रहण गराएका थिए।