सर्लाही, माघ -४,जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं ९ मा रहेको ईश्वरपुर बेला माध्यमिक विधालय रामनगर मनहर्वाको आठ कोठे पक्की  भवनको शिलान्यास गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी  नेपाली कांग्रेसकी नेत्री तथा प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले  भवनको शिलान्यास गरेकी हुन ।


सहरी विकास मन्त्रालय  तथा ईश्वरपुर नगरपालिकाको लागत साझेदारीमा १ करोड ६६ लाख ७८ हजार ३ सय ९८ रुपैयाँ ७७ पैसाकाे लागतमा  भवन निर्माण हुने छ । भवनकाे पौष २८ बाट निर्माण कार्य सुरु भई २०८२ कार्तिक १५ गते निर्माण  सम्पन्न हुने विधालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि चौधरीले विद्यालयमा अध्यनरत छात्र छात्राको लागि ५ वटा कम्प्युटर आफ्नो व्यक्तिगत खर्चमा दिने घोषणा गरेकी छिन्  ।
उनले ईश्वरपुरमा एमबुलेनस, स्कुल बस, स्यानेटरी प्याड दिने तथा ईश्वरपुरमा मास्टर डिग्री अध्यापनकाे व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आफुले शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकता दिएर काम गरिएको बताउँदै, ईश्वरपुरमा यस्ता खालका  विकासका याेजनाका लागि आफुले कामगर्ने उनलेे बताइन् ।


स्यानेटरी प्याडको मेसिन हरेक वडामा राखिने छ,´ त्यसबाट एक दुई जना रोजगारी पनि हुने र विद्यार्थीहरु तथा महिलाहरुले निःशुल्क रुपमा स्यानेटरी प्याड लिन सक्ने प्रचिनिधि सभा सदस्य चौधरीले बताइन् ।
आफुले  १९ वर्षकाे उमेर  देखि समाज सेवाको काम गरे र राजनीतिमा आएकाले जनताको भावना अनुसार नै विकास निर्माणको कार्य प्रति आफुलाई चासो रहेको प्रतिनिधि सभा सदस्य चौधरीले बताइन्  ।


कार्यक्रममा ईश्वरपुर नगरप्रमुख मनोज कुमार आचार्यले ईश्वरपुरको विद्यार्थीहरु गाई, बाख्रा चराएर पनि मास्टर डिग्री पढन पाउने वातावरण आफुले बनाउने प्रतिबद्धता व्यक्त गरे । ईश्वरपुरमा एम्बुलेन्स ल्याउन, स्यानेटरी प्याडको मेसिन ल्याउन, स्कुल बसको लागि पहल गरिदिन प्रतिनिधि सभा सदस्य चौधरीसंग मेयर आचार्यले आग्रह गरेका थिए । उनले ईश्वरपुरको जन्ताको हरेक सकारात्मक गतिविधिमा साथ दिने र याँहाको विकासको लागि अघि बढने प्रतिबद्धता व्यक्त गरेका थिए ।