सर्लाही, माघ- ४, जिल्लाका किसानहरुले चिसो र शितलहरबाट तरकारी र दलहन बाली जोगाउन रासायनिक विषादीको प्रयोग बढाएका छन्।
धेरै तरकारी उत्पादन हुने लालबन्दी ,बरहथवा ,हरिवन ईश्वरपुर लगायतका क्षेत्रका किसानहरूले तरकारी जोगाउन धेरै विषादी प्रयोग गर्ने गर्छन् ।
´चिसो बढेसँगै काउली, गोलभेडा, सिमी,आलु बोडी र लहरी चना जस्ता तरकारी र दलहन बाली जोगाउन विषादीको प्रयोग गर्नुपर्ने ,´दैनिक विषादी नहाल्दा काउलीमा किरा लागेर कुहिने,बोडी , गोलभेडा, आलुमा डढुवा लागेर बोट मर्ने, यश क्षेत्रका किसानहरू बताउँछन् ।
तरकारी जोगाउन विषादी हाल्नै पर्यो ,पहिले कम विषादी प्रयोग गर्दा पनि हुन्थ्यो, अहिले सामान्य विषादीले किरा मर्दैन, त्यसैले कडा विषादी हाल्नु पर्छ,´लालबन्दी ७ का किसान नरेश महतोले बताए ।,
गर्मी महिनामा उत्पादन हुने तरकारीमा भन्दा जाडो महिनामा उत्पादन हुने तरकारीमा विषादीको प्रयोग बढी हुने गरेको छ। बरहथवानगरपालिका – २ हजरियाका किसान रामप्रवेश कुशवाहा भने, ´पहिले तोरी र मकैमा विषादी प्रयोग गर्नु पर्दैन थियो, केही वर्षदेखि तरकारी, मकै, धान सबै बालीमा विषादी नहाली जोगाउन सकिदैन।
´एक बाली अन्न भित्र्याउन तीन पटकसम्म विषादी हाल्नु पर्छ। पहिले तरकारी जोगाउन आगो बालेको खरानी र गाईको गोउत हाल्दा किरा लाग्दैनथ्यो, ´यहाँका किसानहरू भन्छन् ।
खाद्यान्न लगायत तरकारीमा बढ्दो विषादी प्रयोग गरेको कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको डा. गुणेश्वर झाको भनाइ छ। उनी भन्नुहुन्छ, ´अनावश्यक विषादीको कारण क्यान्सर जस्तो रोगका बिरामीहरूको संख्या बढ्दो छ। विषादी प्रयोग गर्दा किसानले सावधानी अपनाउँदैनन्, विषादी छर्ने मान्छेलाई झन् बढी खतरा हुन्छ। त्यसैगरी, तरकारी खाने व्यक्तिलाई पनि उत्तिकै जोखिम छ। बजारबाट तरकारी फलफूल किनेर ल्याएपछि राम्रोसग धोएर खाए विषादीको असर कम हुन्छ, सकेसम्म १/२ घण्टा पानी भिजाएर मात्र भान्सामा तरकारी प्रयोग गर्नु राम्रो हुन्छ । डाक्टर झाले बताए ।
नेपाली बजारमा उपलब्ध केही विषादीहरू प्रतिबन्धित रहेका छन्।
किसानले नजानेर प्रतिबन्धित विषादी प्रयोग गर्दा नेपालमा खेतीपातीमा दीर्घकालीन असर परेको हरिपुर नगरपालिका अन्तर्गत कृषि शाखाका डा. रामगणेश मण्डल भन्नुहुन्छ , ´किसानले हामीसँग सम्पर्क गरेर विषादी प्रयोग गर्दैनन्, सिधै बजारमा गएर किनेर प्रयोग गर्छन्। अझै नेपालमा भन्दा भारतमा विषादी सस्तो मूल्यमा पाइन्छ, त्यसैले सीमावर्ती गाउँका किसान भारतीय विषादी बढी प्रयोग गर्छन्, त्यसको कारण खेतीपातीमा ह्रस् आएको छ।,
कडा विषादीको बढ्दो प्रयोगका कारण पशुचौपायमा समेत नयाँ रोगहरू फैलिन थालेका छन्। अत्यधिक विषादीको कारण चरणमा गएका माहुरीहरू पनि मर्न थालेका छन्न। जसले कृषि उत्पादन र पारिस्थितिकी प्रणालीमा समेत नकारात्मक प्रभाव पर्ने कृषि विज्ञहरूको भनाइ छ ।