सर्लाही,पुस-२१, जिल्लाकाे लालबन्दी नगरपालिका वडा नम्बर – १ मा रहेको नवलपुर सर्पदंश उपचार केन्द्रको सञ्चालन व्यवस्थापन समिति गठन गरिएको छ ।
शनिवार सम्पन्न चाैथाे साधारणसभाले उद्धव प्रसाद पौडेल अध्यक्ष रहने गरि १६ सदस्य कार्यसमिति चयन गरिएको केन्द्रले जनाएको छ।
समितिको उपाध्यक्षमा गंगा माया खडका, सचिवमा पञ्चलाल यादव, सहसचिवमा शेखर कुमार दास, कोषध्यक्षमा नागेन्द्र चौधरी, सदस्यहरुमा इस्कीलाल पासवान, भरत कुमार घिमिरे, फैयाज मिकरानी, शान्ता थापा, दिनेश प्रसाद मैनाली, सोनेलाल चौधरी, पशुपती कुमार शर्मा, इन्दल देवी चौधरी, लक्ष्मी महतो, लालपरी देवी चौधरी, हरिबहादुर भट्टराई रहेका छन् ।