काठमाडौं,पुस-२३, चीन केन्द्रबिन्दु भएर गएको ७ म्याग्निच्युडको भूकम्पकाे धक्का काठमाडौं उपत्यका सहित देशका जिल्लामा महसुस गरेको छ ।
बिहान ६ बजेर ५० मिनेट जाँदा चीनकाे सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो।
एकाबिहानै शक्तिशाली भूकम्पको धक्का महसुस भएपछि काठमाडौं सहित देशका धेरै जिल्लाका नागरिक हतारियर घरबाहिर निस्केका थिए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलवार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको भएपनि देशका कुन कुन जिल्लामा यसको प्रभाव रह्यो कति क्षति भयो,पुष्टि गरेको छैन ।