सर्लाही,पुस-२०,जिल्लाको ईश्वरपुर नगरपालिका बयलबास बजारमा रहेको एक गल्ला भण्डारमा आगलगी हुदाँ ५ लाख बराबरको क्षति भएको छ ।
ईश्वरपुर नगरपालिका – ७ स्थित पोखरी टोल बस्ने राम पुकार साहले सञ्चालन गरेको राकेश गल्ला भण्डार रहेको दुई तल्ले पक्की घरमा आगलागि हुदाँ उक्त मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


आगलागी हरिवन र मलंगवा नगरपालिकाको वारुण यन्त्र स्थानीय र प्रहरीकाे प्रयासमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जनाएको छ ।


आगलागीबाट मानवीय तथा चौपाया क्षेति नभएको भएपनि घरमा रहेको,लत्ताकपडा,फर्निचर, गल्ला भण्डारमा रेहेको खाली जुटको बोरा जलेको, घर आंशिक रुपमा क्षेति भएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार आगलागीको कारण भने खुल्न सकेको छैन ।