सर्लाही,पुस २०, जिल्लाकाे हरिवन नगरपालिका–१०, इनारटोलका ३९ वर्षीय इँटा व्यवसायी हरिप्रसाद प्रसाईंको हत्या भएको छ।
पाँच दिनदेखि हराएका प्रसाईंको हत्यापछि हरिवन नगरपालिका- १० स्थिति उखु बारीमा आज शनिवार विहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।


प्रसाईंको शरिरकाे विभिन्न ठाउँमा धारिलो हतियार प्रहार गरि हत्या गरि खाल्डो खनेर पुरेको अवस्थामा शव फेलापरेकाे प्रहरीले जनाएको छ । इँटा व्यवसायी प्रसाई १५ पुस गते बिहानदेखि बेपत्ता भएका थिए।

सर्लाहीको बरहथवामा पैसा लिन जाने भनेर घरबाट निस्केका प्रसाईंलाई राति अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई जानकारी दिएका थिए।


हत्याक‍ो आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।मृतक प्रसाईको शव प्रादेशिक अस्पताल मलंवामा पोष्टमार्टमपछि परिवारले बुझेर हरिवन ल्याइसकेका छन् ।