
साेम दियाली/सर्लाही
मंसिर- १०,मार्च २१ अर्थात् रंगभेद विरुद्धको ५९औँ अन्तर्राष्ट्रिय दिवस आज सर्लाहीमा पनि मनाइएको छ ।
डा.सिके राउत नेतृत्वको जनमत पार्टीले सदरमुकाम मलंगवामा नगर परिक्रमा पछि कोणसभा गरी दिवस मनाइएको हो ।

संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको दिनदेखि हरेक वर्ष मार्च २१ मा विश्वभरि रंगभेद विरुद्धको दिवस मनाउने गरिएको छ ।
सोही अनुसार आज सर्लाहीमा पनि पार्टीको तर्फबाट र्यालीसहित नगरपरिक्रमा तथा कोणसभा गरी दिवस मनाइएको जनमत पार्टीले जनाएको छ ।
संसारमा ठुलै र थुप्रै परिवर्तनहरु भईसक्दा पनि जातिय चिन्तन र रंगभेदको समस्याले अझै पनि समाजलाई पछाडि धकेलिरहेको अवस्थामा दिवसले ठुलो महत्व राख्ने जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज श्रीचन यादव(सुजन)ले बताए ।

नेपालको संविधानले पनि जात तथा रंगको आधारमा कसैलाई भेदभाव गर्न नपाईने व्यवस्था गरेको बताउँदै जिल्ला ईन्चार्च सुजनले जातीय तथा रंगभेदविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
उनले अझै पनि जात र रंगकै आधारमा दलित तथा मधेशी समुदाय हेपिनु परिरहेको अवस्था रहेकोले यसको उन्मूलनको लागि राज्यले कडा कदम चाल्नु पर्ने बताए ।

उनले जनमत पार्टीले आयोजना गरेको कार्यक्रममा उत्साहपूर्ण सहभागिताको लागि सबै नेताकार्यकर्ता, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुलाई धन्यवाद दिए ।









