
रामबाबु खड्का /सर्लाही
मंसिर -४, छ करोड भन्दाबढी लगानीमा निर्माण भएको चलचित्र ´ह्रस्व दीर्घ´ ले पाँच दिनमा अपेक्षा अनुसारको ब्यापार गर्न सकेको छैन ।
चलचित्र ´ह्रस्व दीर्घ´ ले तीब्रगतिमा प्रचारप्रसार गरेपनि दर्शकलाई राम्रोसँग हलसम्म तान्न सकेन। ज्योतिष हरिहर अधिकारी र नीता ढुङ्गना अभिनित चलचित्रले अब लगानी उठाउनेमा शंका उब्जिएको छ।

उपत्यका सहितका हलमा अहिले पनि चलचित्र पुर्ण बहादुरको सारंगीले राम्रो शो पाइरहेको छ। कार्तिक १५ गतेदेखि प्रदर्शनमा आएको पुर्णबहादुरको सारंगी यस वर्ष सर्वाधिक कमाइ समेत गरेको छ। तर , चलचित्र ´ह्रस्व दीर्घ´ प्रदर्शनमा आएको पाँच दिनसम्ममा उसको लगानी उठाउनेमा थप शंका उब्जिएको छ।चलचित्रको लगातार अकुपेन्सी घटिरहेको छ।
मोफसलका चलचित्र हलले दर्शक घटेपछि हलले शो समेत घटाएको छ। सर्लाहीका अधिकास हलले अहिले मुस्किलले एक शो मात्र ´ह्रस्व दीर्घ´चलाएका छन।चलचित्र ´ह्रस्व दीर्घ´ ले घरेलुु बक्स अफिसमा अहिलेसम्म ३ करोड सम्म कमाई गरको निर्माण पक्षले जानकारी दिएको छ ।

यो अपेक्षा अनुसारको कमाइ होइन । चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ´ह्रस्व दीर्घ´ मा नीता ढुङ्गना ,ज्याेतिष हरिहर अधिकारी ,सरोज खनाल, रेखा थापा, सञ्चिता लइँटेल, आदर्श मिश्र लगायत दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहितका कलाकारले अभिनय गरेका छन्।
चलचित्र ´ह्रस्व दीर्घ´ले यही ७ मंसिरबाट तीनवटा नेपाली चलचित्रसग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ। ती चलचित्र प्रदर्शनमा आएपछि ´ह्रस्व दीर्घ´ को शो एकाएक घट्ने अनुमान गरिएको छ।

चलचित्र सम्बन्धि केही सञ्चार मध्यमले चलचित्र ह्रस्व दीर्घ´ ले घरेलुु बक्स अफिसमा राम्रो कमाइ गर्ने अंकल गरेपनि यो अकलन पूरा हुन नसक्ने पक्का भएको छ। विदेशी कलाका भित्र्याएका अधिकाँस चलचित्र यसरी कमजोर बन्दै जाने हो भने निर्माता डुब्ने देखिन्छ ।यही मंसिर ७ गतेदेखि चलचित्र तेल भिजा, अग्निदहन र देववाणीले प्रदर्शनको मिति सार्वजनिक गरिसकेका छन। यसपछि चलचित्रह्रस्व दीर्घ´ धेरै हलबाट बाहिने पक्का जस्तै भएको छ।









