
रौतहट, मंसिर—६, रौतहट प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ। स्रोत नखुलेको रकमसहित ५४ वर्षीय वीरेन्द्रकुमार जयसवाललाई जिल्लाको गौर नगरपालिका १ बाठ पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबार साँझ पक्राउ परेका वीरेन्द्रलाई प्रहरीले बुधबार साँझ सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी दीपक कुमार रायका अनुुसार गौर नगरपालिका १ स्थित राईसल मिलको पूर्व—दक्षिण कुनाको बाटोमा शंकास्पद गतिविधि देखेर उनलाई पक्राउ गरिएको हो ।

चेकजाचका क्रममा ५०० दरका २०० थान र एक हजार दरका ५०० थान नोट फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीले उनको साथबाट एकथान स्क्रिनटच मोबाइल पनि बरामद गरेको छ ।

रकमको स्रोतबारे आवश्यक कागजात माग्दा दिन नसकेपछि जयसवाललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रायले जानकारी दिए।
उनकाअनुसार, स्रोत नखुलेको रकमसहित पक्राउ परेका जयसवाल गैरकानुनी लेनदेन वा अन्य आपराधिक गतिविधिमा संलग्न रहेको आशंका छ।










