राजु तामाङ/सर्लाही
कार्तिक- ९,जिल्लाको हरिपुरमा जारी जिल्ला स्तरीय फुटबल प्रतियोगिता २०८१ अन्तर्गतको तेस्रो क्वाटरफाइनलमा रोमन फुटबल क्लबले नमोबुद्ध युवा क्लबलाई पराजित गरेको छ ।
सानो जगतपुरको खेल मैदानमा शुक्रवार सम्पन्न खेलमा रोमनएफसीले नमोबुद्धलाई ४-० गाेल अन्तरले पराजित गरेको हो । यो जित सँगै रोमनले सेमिफाइनलमा अल्टोकी युवा क्लब चपुरसँग प्रतिस्पर्धा गर्नेछन ।
खेलको ८ औं मिनेटमा नमोबुद्धका खेलाडीले रोमनका ओम धामीलाई डिबक्स भित्र लडाए पछि रोमनले पेनाल्टी सुट गर्ने अवसर प्राप्त गरेकाे थियोे ,उक्त अवसरलाई अभिषेक खड्काले सदुपयोग गर्दै गोलमा परिणत गरे । गोल सँगै रोमनले पहिलो अग्रता लिए । १२ औं मिनेटमा क्षितिज भण्डारीले सुन्दर गोल गर्दै अग्रताकाे अंक थपे ।


पहिलो हाफमा पुरै खेल रोमनले नमोबुद्धलाई दबाबमा राख्याे, त्यसपछि १६ औं मिनेटमा बिमल लामाले हेडर मार्फत सुन्दर गोल गर्दै अग्रताकाे अंमा वृद्धि गरे ।  पहिलो हाफको २३ औं मिनेटमा क्षितिज भण्डारीले एकल प्रयासमा दोस्रो गोल गर्दै टिमलाई ४-० ले अग्रता दिलाए ।
दोस्रो हाफ पछि नमोबुद्धले खेलाडी र गोल रक्षक परिवर्तन गरे । दोस्रो हाफ पछि सुधारिएको खेल खेले पनि खेलमा लयमा फर्कन भने सकेन । खेलको हिरो अफ द म्याच रोमनका क्षितिज भण्डारी घोषित हुदै नगद पाँच सय रुपैयाँ प्राप्त गरे । 


प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा शनिवार  आयोजक निलो र गौरीशंकर युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ । कार्तिक ३ गतेबाट नव संघर्ष शिल युवा क्लब हरिपुर २ सानो जगतपुरले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल कार्तिक १४ गते हुनेछ विजेता टिमले नगद ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद २५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष अमृत घिसिङले जानकारी दिए ।