
रामबाबु खड्का /सर्लाही
कार्तिक – १०, कार्तिक ३० गतेदेखि दुईवटा नेपाली चलचित्र प्रदर्शनको मिति तय भएको छ ।
ती चलचित्र हुन ह्रस्व दीर्घ र मिसिङः केटी हराएको सूचना’ । चलचित्र `ह्रस्व दीर्घ´का निर्देशक चन्द्र पन्त हुन भने ´मिसिङ केटी हराएको सूचना’को निर्देशक दीपेन्द्र गौचन रहेका छन् ।
चलचित्र ञह्रस्व दीर्घझ मा भारतीय सहितका कलाकारहरु छन। चलचित्रञ ´ह्रस्व दीर्घ´मा कलाकारहरु नीता ढुंगाना, हरिहर अधिकारी, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा, रवीन्द्र झा, नरेन खड्का लगायतको अभिनय छ । यस चलचित्रमा अभिनेत्री रेखा थापा विशेष भूमिकी छिन् । यस चलचित्रमा धेरै पुरानै अनुहारका कलाकारको अभिनय छ।

६ करोडमाथिको बजेटमा निर्माण भएको चलचित्रलाई नेपालीसहित हिन्दी र तेलुगू भाषामा प्रदर्शनको तयारी गरिएको छ।
दक्षिण भारतीय बलिउडको शैलीमा निर्माण भएको चलचित्रले नेपाल लगायत भारतमा समेत राम्रो व्यापार गर्ने निर्माता पक्षको दावी छ।
धनन्जय गलानी कार्यकारी निर्माता रहेको चलचित्रलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् । त्यसैगरी´ मिसिङ ´केटी हराएको सूचनाझको मुख्य भुमिकामन कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतको अभिनय छ ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा मनोहरदास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान लगायत रहेका छन्।
असोज र कार्तिक महिनामा नेपाली चलचित्र छक्का पञ्जा ५ , ज्वाईसाब,१२ गाउँ प्रदर्शन भइसकेका छन भने सानो संसार ,पुर्णबहादुरको सारंगी , ह्रस्व दीर्घ र मिसिङ केटी हराएको सूचना’ ले प्रदर्शनको तयारी गरेका छन् ।









