
मनाेज यादव /सर्लाही
कात्तिक-८,सर्लाही सदरमुकाम मलंगवामा खाने तेल उद्योग सञ्चालनमा आएको छ । मानव स्वास्थ्यलाई ध्यानमा राखेर उपभोक्तालाई शुद्ध खाने तेल उपलब्ध गराउने उदेश्यले मलंगवा-१० स्थित जिविस चौकमा स्नेही फुड प्रोसेसिंङ्ग प्रालि सञ्चालनमा ल्याइएको हो ।

उक्त उद्योगको आज एक कार्यक्रमका बिच सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले उद्घाटन गरेका छन्।
कृष्णा कुमारी यादवले आफ्ना ससुराको नाम बाट संचालन गर्नुभएको यस उद्योगमा स्थानीय किसानहरुले उत्पादन गरेको तोरी र सरसोबाट स्वास्थ्यलाई समेत फाइदा पुर्याउने शुद्ध तेल निकालेर उपभोक्ताहरुलाई बिक्री गर्ने जनाइएको छ।

उद्योगको उद्घाटन गर्दै प्रजिअ अधिकारीले यो उद्योग संचालनमा आएपछि किसानहरुलाई अन्य बालीसँगै तेलहन बाली लगाउन प्रोत्साहन मिल्ने बताए ।
उद्योगको दैनिक ३ सय लिटर तेल उत्पादन गर्ने क्षमता रहेको प्रोपराइटर कृष्णा कुमारी यादवले जानकारी गराएकी छिन् ।









