राजु तामाङ/सर्लाही
कार्तिक- ८,जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८१ अन्तर्गत दोस्रो क्वाटरफाइनलमा अल्टोकीले आयोजक पहेलोलाई पराजित गरेकोछ ।
जिल्लाको हरिपुर २ सानो जगतपुरको खेल मैदानमा सम्पन्न दोस्रो क्वाटरफाइनलमा अल्टोकीले आयोजक पहेलोमाथि ३-१ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो । अल्टोकीको लागि पहिलो हाफको २३ औं मिनेटमा विने चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा आयोजक पहेलोका विशेष माझीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफ १-१ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफ पछि अल्टोकीले थप दुई गोल गरे।


दोस्रो हाफको तीन मिनेटमा विकी चौधरीले गोल गर्दै अग्रतालाई बढाए । हाफ पछि खेलमा फर्किन निकै कडा प्रतिस्पर्धा गरेका आयोजकले गोल भने गर्न सकेन बारम्बार गोल गर्ने अवसर पाए पनि गोल गर्न नसक्दा अल्टोकी सँग स्तब्ध बन्यो ।
दोस्रो हाफको १२ औं मिनेटमा ववि चौधरीले गोल गर्दै ३-१ को अग्रता बनाए । खेलको हिरो अफ दि म्याच आयोजक टिमका विशेष माझी चुनिए,उनले नगद पाँच सय रुपैयाँ प्राप्त गरे ।


प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल अन्तर्गत शुक्रवार नमोबुद्ध युवा क्लब हरिपुर १ र रोमन युवा क्लब हरिवन बीच प्रतिस्पर्धा हुनेछ । कार्तिक ३ गतेबाट नव संघर्ष शिल युवा क्लब हरिपुर २ सानो जगतपुरले आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल कार्तिक १४ गते हुनेछ विजेता टिमले नगद ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले नगद २५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।