
रामबाबु खड्का /सर्लाही
कार्तिक -५,नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउँदैछ। यस चलचित्रको निर्देशन दीपेन्द्र गौचनले गरेका हुन ।
चलचित्रको शीर्ष भुमिकामा कलाकारहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठबीचको प्रेम, द्वन्द्ध रहस्यालाई देखाइएको छ।

मिसिङः केटी हराएको सूचना’ ले रहस्य र प्रेमको कथा मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने निर्माता पक्षले अपेक्षा गरेको छ। यस चलचित्रको कथावस्तु प्रेम र द्वन्द्व चलचित्रको पर्दामा उतारिएको छ।
त्यसैगरी कार्तिक २२ गतेदेखि नै नवीन भट्ट निर्देशित चलचित्र फिरफिरे फिरिरी' प्रदर्शन हुने भएको छ। चलचित्रको मुख्य भुमिकामा सन्दीप श्रेष्ठ, भावना उप्रेती, मनोजकुमार अधिकारी, रविना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बुलगायत कलाकारको अभिनय छ।

यसै फिल्मबाट सन्दीप र भावनाले अभिनय क्षेत्रमा डेब्यू गरेका हुन्। यो चलचित्र छठ पर्वको अवसर पारेर कार्तिक २२ गतेदेखि प्रदर्शनको तयारी गरिएको छ।चलचित्रफिरफिरे फिरिरी´ को कथावस्तु र टेलर सार्वजनिक गरिएको छैन।

कार्तिक महिनामा प्रदर्शनको तयारी गरेका चलचित्रपुर्णबहादुरको सारंगी´ रसानो संसार´ ले प्रदर्शनको मिति सार्वजनिक गरिसकेका छन्।









