
काठमाण्डौ,कात्तिक – ५, कक्षा १२ को मौका परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार हिजो सार्वजनिक भएको नतिजाअनुसार ५७ हजार ६ सय ९० जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएकामा १७ हजार नौ सय ४२ जना अनुत्तीर्ण भएका हुन ।

यस्तै लेखा विषयमा २४ हजार जनाले परीक्षा दिएकामा आठ हजार तीन सय १५ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । मौका परीक्षामा सहभागी भएर पनि ३७ हजार १७ जनाले नतिजा सुधार गर्न नसकेका बोर्डले जनाएको छ ।

एक लाख २२ हजार एक सय ७१ जनाले परीक्षा दिएकामा ८६ हजार दुई सय ४६ जना अर्थात् ७० दशमलव ६० प्रतिशत उत्तीर्ण भएका छन् । यसमध्ये अनिवार्य गणितमा ४५, फिजिक्समा दुई, लेखामा १०, ऐच्छिक गणितमा एक, कम्प्युटर साइन्समा दुई र केमेस्ट्रीमा एक जना गरी जम्मा ६१ जनाले मात्रै ुए प्लस ल्याएका छन् । बोर्डका अनुसार ुए प्लसु ल्याउने ६१, ुएु ल्याउने सात सय ५१, ुबी प्लसु ल्याउने दुई हजार नौ सय ८६, ुबीु ल्याउने ११ हजार ४९, ुसी प्लसु ल्याउने २३ हजार ६ सय ८८, ुसी ग्रेडु ल्याउने ४३ हजार सात सय चार र ुडीु ल्याउने ३९ हजार नौ सय ३२ जना छन् ।

मौका परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले यसै शैक्षिक सत्रमा भर्ना भएर स्नातक तहमा अध्ययन गर्न पाउने छन् । मौका परीक्षामा पनि अनुत्तीर्ण भएकाहरूले भने आउँदो नियमित परीक्षामा सहभागी हुनुपर्नेछ । सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहेमा १५ दिनभित्र आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।










