
राजु तामाङ/सर्लाही
कार्तिक- ५,जिल्लाको हरिपुर नगरपालिका २ सानो जगतपुरमा जारी रहेको जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगितामा चेतना सन्देश नेपाल र रोमन फुटबल युथ क्लबले बिजयी सुरुवात गरेका छन् ।
हरिपुर नगरपालिका २ नम्बर वडा कार्यालयको प्रायोजक र नव संघर्षशिल युवा क्लबको आयोजनामा सञ्चालन भएको सोमवारको पहिलो खेल चेतना सन्देश नेपाल युथ क्लब विरुद्ध जन सहयोगी युवा क्लब र दोस्रो खेल एभरेस्ट फुटबल एकेडेमी लालबन्दी विरुद्ध रोमन फुटबल क्लब हरिवन ६ बीच भएको थियो ।

पहिलो खेल निर्धारित समयमा १-१ गोलको बराबरीमा सकियपछि ट्राइ ब्रेकरमा चेतना सन्देश नेपालले जन सहयोगी युवा क्लबलाई ५-४ गोल अन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।
खेलको २३ औं मिनेटमा जन सहयोगी युवा क्लबका सुशान्त लामाले गोल गर्दै अग्रता दिलाए पनि दोस्रो हाफको १७ औं मिनेटमा चेतना सन्देश नेपालका सन्जय थिङले गोल गरेपछि खेल बराबरीमा सकिएको थियो ।
पहिलो खेलको हिरो अफ दि म्याच घोषित हुँदै चेतना सन्देश नेपालका धिरज थिङले नगद ५ सय रुपैयाँ प्राप्त गरेका छन ।
आजै भएको दोस्रो खेल एभरेस्ट फुटबल एकेडेमी लालबन्दी र रोमन फुटबल क्लब बीच भएको थियो । एभरेस्ट एकेडेमीलाई २-० ले पराजित गर्दै रोमन फुटबल क्लब बिजयी भएको छ ।

रोमनको जितका लागि खेलको १० औं मिनेटमा आशिष स्याङ्तानले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको १७ औं मिनेटमा आशिषकै क्रस पासमा पवन पाख्रिनले सुन्दर गोल गर्दै जित पक्का गरे ।
निकै प्रतिस्पर्धात्मक भएको खेलमा एभरेस्ट फुटबल एकेडेमीले पनि राम्रो अवसरहरु प्राप्त गरे पनि गोल गर्न भने सकेनन । सन्जयको खेलको १७ औं मिनेटमा राम्रो प्रयास गरे साजनको पासमा अशोक स्याङ्तानले हानेको बल पोष्ट नजिकैबाट बाहिरिए ।खेलको हिरो अफ दि म्याच पवन पाख्रिन घोषित हुँदै नगद ५ सय रुपैयाँ प्राप्त गरे।

कार्तिक ३ गतेबाट सुरु भएको खेलमा १४ टिमको सहभागी रहेको छ । खेलको फाइनल १४ गते हुनेछ । प्रतियोगिताको प्रथम टिमले नगद पुरस्कार ५० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो हुने टिमले नगद पुरस्कार २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अमृत कुमार घिसिङले जानकारी गराए ।
भोलिको खेल भने तिनघरे एफ सी विरुद्ध गौरीशंकर युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ ।









