सर्लाही,असाेज-२३, बडा दशैं २०८१ काे अवसरमा जिल्लाकाे लालबन्दीमा बुधवार शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
सर्लाही साहित्य समाज लालबन्दीका अध्यक्षता उत्तम कुमार दाहालकाे सभाध्यक्षता तथा नेपाल बुद्धिजीवी परिसद्का केन्द्रीय सदस्य एवम् नेकपा एमालेका नेता बलराम पाेखरेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।


सर्लाही साहित्य समाज लालबन्दीकाे आयोजनामा लालबन्दी पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न विधामा कलम चलाउने स्रष्टाले आ-आफ्नो रचना वाचन गरेका थिए ।


कार्यक्रममा प्रमुख अतिथि पाेखरेलले शुभकामना मन्तव्य राख्दै दशै, खासमा बडा दशैंनै रहेको तर्क गरे । हुन्दुहरूकाे मात्र नभई सम्पूर्ण नेपालीकाे पर्व भएकाले पनि यो बडा दशैं भएको उनको तर्क थियो । उनले नेपाली जहाँ जहाँ छन् त्यहाँ त्यहाँ हर्ष उल्लासकासाथ याे पर्व मनाउने गरिएको चर्चा गरे । उनलेे सर्लाहीमा भइरहेका साहित्यिक गतिविधिहरू सन्तोषजनक रहेको बताए ।


कार्यक्रम बुढ्याैली साहित्य समाजका मधेस प्रदेश संयाेजक लम्बाेधर काफ्ले,लालबन्दी नगर वाङ्‌मय परिषद्का अध्यक्ष अच्युत अधिकारी,नेपाल बुद्धिजीवी परिसद्का सल्लाहकार पूर्व शिक्षक राजन प्रसाद तिमल्सिना, प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलिया लगायले शुभकामना मन्तव्य राखेका थिए ।


कवि एवम् साहित्यकार सू्र्य प्रसाद बरालकाे स्वागत मन्तव्य तथा कवयित्री सुमित्रा आचार्यकाे सञ्चालन गरेको कार्यक्रममा कवि एवम् साहित्यकार देवराज पाैडेल, कुमार दाहाल (कुसुम) सुमन घिमिरे (अग्रिम ) धनश्याम पन्त,लिला चाैलागाई ,टीकाराम श्रेष्ठ,रूपनाराण सिंह दनुवार, मीना देवकोटा लगायतले आ-आफ्नो रचना वाचन गरेका थिए ।