बलराम पोखरेल…..✍️

बङला देश र भारत बीच त्रिपक्षिय  बिद्धुत सम्झौता को। हाम्रो देशमा उत्पादित बिद्धुत  तेस्रो मुलुकलाई बिक्रिगर्ने र रास्ट्रीय आय बढाउने कुरो नराम्रो हुने कुरै भएन।राम्रो छ। तथापि हाम्रो उर्जा नीतिले  मलाई हाम्रा एकजना ठुला बा को याद दिलाउछ।हाम्रा ठुला बा ठूलो ज्यानका , ठुलै भुँडी  भएका ,अग्ला र जानेपनी नजानेपनी ठुलै कुरागर्ने, मसिना कुरा गर्न नजान्ने  हट्टा कठ्ठा  थिए। उनको छुट्टै बिशेषता थियो। 

     उनी हिंड्दा तल हेर्दैनथे , परपर हेरेर हिड्ने भएकाले उनलाई धेरै ठेस लाग्थ्यो।कहिलेकाही त हास कुखुराका चल्लाहरु पनि कुल्चन्थे। भुडिका कारण नदेखेर पनि होला मसिना चल्ला  कुल्चने गरेको । उनको अर्को स्वभाव  थियो गाई भैंसी हराउदा वा कामगर्ने ज्यामी खोज्न वा कसैलाई भन्न जानुपर्दा  ओरालो हानिन्थे । अर्थात दक्षिणतिर मात्र लाग्थे।कहिल्यै उत्तरतर्फ जादैनथे। कारण के थियो , न उनले हामीलाई भने, न हामिले उनलाई  सोध्यु। कारण रहस्यमै रह्यो।उर्जा मन्त्रालय र  बिद्धुत प्राधिकरणको व्यापार नीति  पनि  हाम्रा जेठाबाको  स्वभाव जस्तै छ।

           २०७८ साल फाल्गुनको विवरण अनुसार   नेपाल आयल निगमले दैनिक १ अर्ब २३ करोड ३५ लाख र  बार्षिक ४१७ अर्ब भन्दा बढिको पेट्रोलियम पदार्थ ईण्डियन आयल कर्पोरेसनसङ्ग खरिद गर्ने  गर्छ।  यो नेपाल ( भारत ब्यापारमा , ब्यापार घाटाको ठूलो हिस्साहो।जसमध्ये ७७ अर्ब बराबरकोत खाना बनाउने ग्यासनै आयात गर्छ। यदी उर्जा मन्त्रालय र बिद्धुत प्राधिकरणले नेपालीको भान्सामा बिद्धुत पुर्‍याउने कार्यक्रम ल्याउनेहोभने नेपाल भित्रै ७६ अर्ब बराबरको  बिद्धुत  व्यापार  हुन्छ। हाम्रा जेठाबाले भुइँ नहेरी हिडेझै प्राधिकरण पनि देशभित्रको बजार हेर्दैनर देख्दैन रुनेपाल कृषि प्रधान देश हो। यहाँ १५ लाख मेट्रीकटन भन्दा बढी युरिया मल वर्षेनि आवश्यक पर्छ। 

सातै प्रदेशमा  युरिया मलको फ्याक्ट्री स्थापना गर्ने होभने १०( २० मेगावाट बिजुली त्यही खपत हुन्छ। साना तथा मझौला उध्योगको अवधारणा ल्याएर औद्योगिक ऋण र बिद्धुतमा अनुदान दिनेहो भने सर्बसाधारण जनताले पनि उध्योग स्थापना गर्नेछन् । अहिले भैरहेको एउटा वर्गको  उध्योगमाथी रहेको एकाधिकार पनि तोडिने र  देश पनि आत्मनिर्भर हुने छ। त्यसतर्फ पनि सरकार र प्राधिकरणको ध्यान जानेहो भने स्वदेशमै पर्याप्त  बिद्धुतको बजार बिस्तार गर्न सकिन्छ।

    अर्को बिषय, हाम्रो ठुलाबा जस्तै  हाम्रो उर्जा मन्त्रालय र बिद्धुत प्राधिकरण खाली दक्षिणमात्रै दौडिन्छन । प्राधिकरण भारत बाहेक अन्यत्र बजारै देख्दैन। भारत अरुले लगानी गरी उत्पादन भएको बिद्धुत  लिदै नलिने भन्छ। बङला देशसङ्ग ब्यापार गर्दा उसलाई साक्षी राख्नुपर्ने रु अनि हाम्रो बिद्धुत व्यापार कसरी अगाडि बड्छ रु दक्षिणकै आसमा  बसेकै कारणले एशियामा दोस्रो बिद्धुत उत्पादन गर्ने हाम्रो   देश पछि परेको हो। यो कुरो कहिले बुझ्ने  रु बजार दक्षिणमा मात्र सिमित नगरी अब बजार उत्तरतर्फ पनि बढाउनु पर्‍यो। ब्यापार द्विपक्षीय गर्नेतर्फ सोच्नुपर्छ। त्यसैले अव चीनलाई बिद्धुतमा लगानी पनि गर  , बिद्धुत पनि किन भन्न सक्नुपर्छ । साच्चै बिद्धुतको बजार बिस्तार गर्ने हो भने।

राजेन्द्र लिङ्देल उर्जामन्त्री हुदा यो बिषय केहि अगाडि बडेको थियो। सरकार परीवर्तन भयो। अहिलेको सरकार पुन चीनसँग बिद्धुत ब्यापार र लगानिको  कुरो अगाडि बडाउन खोज्दैछ भन्ने सुनिदै छ।  यो सकारात्मक बिषय हो । सरकारले चीनसँग पनि बिद्धुत ब्यापार गरोस् भन्ने हामी सबैले चाहना राख्नु पर्छ। म त यो बिषयमा स्पष्ट छु। अब परम्परागत सोचबाट माथी उठ्नुपर्छ र उत्तर दक्षिण दुबै छिमेकीसङ्ग बिद्धुत ब्यापार गर्नु पर्छ। यसका लागी दक्षिणको छिमेकीलाई पनि कुटनैतिक माध्यमबाट  सहमत गराउनुपर्छ।