कृष्ण समर्पण …..✍️

धेरैकाे दशैं,केहीलाई यसवर्ष  दसा भएको छ । साउन भदौ सक्किएपछि घनघाेर वर्षा भएको छ ।।

बाढीले बगाएर  घरवार,खल्लो मात्र भएन चाँडबाँड । त्रिपाल मुनिकाे बास भएको छ, अझै के हुन्छ भन्ने  सन्त्रास रहेको छ ।।

डुबेका बस्तीहरूमा, ´मात्र` चीत्कार रहेको छ । खाेइ कहाँ गए उनीहरू,सरकार बेकार भएको छ ।।

अछेता र अन्न बाढीले बगाएपछि, रामदाइकाे दशैं,बेहाल भएको छ । गाउँ गाउँमा आज सिंह दरवार रहेको छ , एक हैन तीनै तहको सरकार भएकाे छ ।।

रेडियोमा पढिएका समाचार सुनेर राहतको प्रतीक्षामा रहेका रामदाई,आफ्ना लालाबालालाई सरकार छुट्टीमा रहेको सुनाउदै,आफू यमराजकाेमा हाजिर हुन गएँ , र पनि सरकार गरेएन । उनीहरूलाई दशैं बेकार भएन ।। पीडितलाई कामलाग्ने सरकार रहेन ।

                                लालबन्दी-५, रन्जितपुर सर्लाही हाल लालबन्दी -९ सर्लाही