प्रतिकात्मक तस्विर ।

सर्लाही,भदौ —८,जिल्लाको ईश्वरपुर नगरपालिका–५, सखुवनी नजिक फूलजोर खोलामा क्रसरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ । 
मृत्यु हुनेमा ईश्वरपुर-४ सागरनाथका १७ वर्षीय निशान थापामगर रहेका छन् । मगर फुटबल खेल्न साथीसँगै सखुवनी आएका थिए । क्रसरले खनेको खाल्डो निकै गहिरो भएकाले मृतक शव निकाल्न गोताखोर ल्याउनु परेको थियो  ।


सशस्त्र प्रहरी बर्दीवासस्थित बाहिनीबाट गोताखोर टोली आएर किशोरको शव निकालेको थिए ।
क्रसरको लापरवाहीका कारण किशोरको मृत्यु भएको भन्दै स्थानीय र आफन्तले क्षतिपूर्ति माग गरि शव पोष्टमार्टमका लागि मलंगवा पठाउन दिएका छैनन् । सहमतिको प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ।


उता जिल्लाकै ब्रह्मपुरी गाउँपालिका -२ मा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वडा नम्बर–२ का ६ वर्षीय अंकित साह रहेका छन् । नजिकैको रामजानकी मठको पोखरीमा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । बालकको शव गाउँलेले पोखरीबाट निकालेका थिए ।