सिरहा /भादाै- ८, नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक तामाङ संघ नेपालको मधेस प्रदेश कमिटीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ ।
संघको प्रदेश कमिटी अध्यक्ष दिलिप लामाको अध्यक्षता रहेको बैठकमा संघकै केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज खड्ग बहादुर बोम्जनको प्रमुख आतिथ्यतामा शनिवार सिरहाको गोलबजार स्थित उद्योग वाणिज्य संघको अतिथि सदन भवनको सभा हलमा पूर्ण बैठक सम्पन्न भएको हो ।


बैठकमा साउन ६ गते बर्दिबासमा बसेको सचिवालय बैठकका निर्णयलाई अनुमोदन गर्दै थप एजेन्डामाथि छलफल गरेको थियो । संगठनलाई सक्रिय र चलायमान राख्न केही महत्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न गरेको प्रदेश कमिटी सचिव बाल कुमार रुम्बाले जानकारी दिए ।
प्रदेशको आठैवटा जिल्ला कमिटीको संगठनलाई मजबुत बनाउन आगामी मंसिर मसान्तसम्ममा स्थानीय पालिकाको अधिवेशन गर्ने, प्रदेश कमिटीको कोष खडा गर्ने, लेबी संकलन गर्ने, विभिन्न जिल्लाको लागि इन्चार्ज तोकी विभागीय जिम्मेवारी समेत बाँडफाँड गरेको छ ।


बैठकमा पार्टीका प्रदेश कमिटी सदस्य वीरबहादुर गोले, संघका केन्द्रिय सदस्य हरिमाया लामा, पार्टीका सप्तरी जिल्ला कमिटी सदस्य सन्तमान गोले आठैवटा जिल्ला अध्यक्षहरु सप्तरीका जनक बम्जन, सिराहाका श्रीलाल लामा, बाराका दिनेश लामा र सचिवहरु सर्लाहीक ,राजु लाे तामाङ धनुषाका ललितकुमार घिसिङ र रौतहट जिल्ला उपाध्यक्ष चन्द्रबहादुर थिङ लगायतकाे आतिथ्यता रहेको थियो ।