काठमाडौं,भदौ—७ , अधिकृत पद (सहायक सेनानी/उपसेनानी) का लागि नेपाली सेनाले भर्ना खुलाएको छ । सेनाले अधिकृत सरहका पदमा २८० जनाका लागि भर्ना खुल्ला गरेको हो ।
खुलातर्फ १४७, आदिवासी जनजाती कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खोलीएको सूचनमा उल्लेख छ ।

जसमा सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततीका लागि १४ सिट छ्ट्याइएको सूचनामा उल्लेख छ ।


नेपाली सेनाले आज (शुक्रवार) प्रकाशित गरेको सूचना मा भदौ ७ गतेदेखि असोज ५ गतेसम्म दरखास्त दिने म्याद तोकिएको छ । त्यस्तै असोज ६ गतेदेखि १२ गतेस्मम दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।