लालबन्दी, फागुन- २९ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा लालबन्दी नगरपालिका जिल्लामै पहिलो स्थानमा पर्न सफल भएको छ।

आयोगले वित्तीय व्यवस्थापन, सेवा प्रवाह, पारदर्शिता, योजना कार्यान्वयन तथा समग्र संस्थागत क्षमताका आधारमा गरेको मूल्यांकनमा लालबन्दी नगरपालिका उत्कृष्ट ठहरिएको हो।

सार्वजनिक प्रतिवेदनअनुसार लालबन्दी नगरपालिकाले ७०.२१ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। त्यस्तै बरहथवा नगरपालिका ६४.३८ अंकसहित दोस्रो तथा हरिवन नगरपालिका ६२.०१ अंकसहित तेस्रो स्थानमा रहेका छन्। त्यसपछि हरिपुर नगरपालिका ६१.१६ अंकसहित चौथाेकौ,डेना गाउँपालिका ५९.१८ अंकसहित पाँचौँबागमती नगरपालिका ५८.२० अंकसहित छैठाैं स्थानमा रहेका छन्।


त्यसैगरी विष्णु गाउँपालिका ५४.३४ अंकसहित सातौँ,धनकौल गाउँपालिका ५३.३७ अंकसहित आठौँ,चक्रघट्टा गाउँपालिका ५१.८० अंकसहित नवौँ तथा बलरा नगरपालिका ५०.२६ अंकसहित दशौँ स्थानमा परेका छन्।

मूल्यांकनअनुसार मलंगवा नगरपालिका ४९.२५ अंकसहित एघारौ,चन्द्रनगर गाउँपालिका ४८.१५ अंकसहित बाह्राै,ईश्वरपुर नगरपालिका ४६.८३ अंकसहित तेह्रौँ,पर्सा गाउँपालिका ४६.०७ अंकसहित चौधौँ तथा बसवरिया गाउँपालिका ४५.६१ अंकसहित पन्ध्रौँ, स्थानमा रहेका छन्।
त्यस्तै ब्रह्मपुरी गाउँपालिका ४४.५० अंकसहित सोह्रौँ,गोडैता नगरपालिका ४३.९६ अंकसहित सत्रौँ,हरिपुर्वा नगरपालिका ४२.७८ अंकसहित अठारौँ,कविलासी नगरपालिका ४२.३५ अंकसहित उन्नाइसौँ तथा रामनगर गाउँपालिका ४०.५३ अंकसहित अन्तिम (बीसौँ) स्थानमा परेका छन्।

नगर प्रमुख वासुदेव अधिकारीले लालबन्दी नगरपालिकाले प्राप्त गरेको यो उपलब्धि नगरपालिकाको समन्वित प्रयास, सुशासन र प्रभावकारी वित्तीय व्यवस्थापनको परिणाम भएको बताए। उनले जनप्रतिनिधि, कर्मचारी तथा नागरिकको सहकार्यका कारण यो सफलता सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि सुशासन, पारदर्शिता र जनमुखी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
आयोगको यो मूल्यांकनले स्थानीय तहबीच स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्नुका साथै वित्तीय अनुशासन, पारदर्शिता तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।