काठमाडौं, चैत- ५ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले दिएको राजीनामामाथि निर्णय लिन को केन्द्रीय कार्यसमिति बैठक भाेली बस्ने  भएको छ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मा मार्फत राजीनामा बुझाएका हुन् ।

यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए। उक्त क्षेत्रमा उनलाई  अमरेश कुमार सिंहले  पराजित गरेका थिए।

निर्वाचन परिणामअनुसार रास्वपा उल्लेखनीय सफलता हासिल गर्दै पहिलो दल भएको छ, भने कांग्रेस दोस्रो स्थानमा सीमित भएको छ।
कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिटसहित कुल ३८ सिट प्राप्त गरेको छ।
निर्वाचन परिणाम सार्वजनिक भएयता थापालाई राजीनामा नदिन पार्टीका विभिन्न तहका नेताहरूले सुझाव दिँदै आएका थिए।

उनी विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थिए। उनको राजीनामाबारे अन्तिम निर्णय भने केन्द्रीय कार्यसमिति बैठकले गर्ने बताइएको छ।